काठमाडौँ : संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ।

सोमबार बिहान बसेको समितिको बेठकमा संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबााबु पण्डितसँगको छलफलपछि विज्ञापन रद्द गर्न निर्देशन दिएको हो।
समावेशीता तथा प्रदेश र स्थानीय तहको अधिकार केन्द्रले हस्ताक्षेप गरेको भन्दै विभिन्न निकायबाट विरोध गरेसंगै समितिले आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्न निर्देशन दिएको हो।