Thursday, April 15, 2021

अन्तरजातीय विवाह गरेकी प्रमिला: सुत्केरी स्याहार्न काेही आएनन्, सेवा केन्द्रमा शरण

पाँचथर : १६ वर्षको कलिलो उमरेमै अन्तरजातीय विवाह गरेकी प्रमिला सिवा अहिले १८ वर्ष पुगिन् । पाँचथरको याङवरक गाउँपालिका–४, थर्पुमा रहेकाे वरडाँडाकी प्रमिला सिवाले स्कुल पढ्दा–पढ्दै ताप्लेजुङको सिदिङवा गाउँपालिका–४, साप्लाखुका विजय ताम्लिङ (लिम्बू) सँग २०७४ साल असोज महिनामा अन्तरजातीय विवाह गरेकी हुन् ।
विवाहपछि श्रीमान र सासु-ससुरासँगै झापाको काकडिभिट्टामा बस्दै आएकी प्रमिलाको साथमा अहिले भने श्रीमान् छैनन् । विवाह भएको झण्डै एक वर्षपछि प्रमिला गर्भवती भइन् । त्यति नै खेर श्रीमानले अर्कै केटी लिएर सम्पर्कविहीन भए ।
प्रमिलाले आवश्यक परेकाे बेला श्रीमानको साथ पाइनन् । उल्टै घर परिवार र आफन्तजनबाट अन्तरजातीय विवाह गरेकै कारण दुर्व्यवहार र शारीरिक यातना खेप्नुपर्‍यो ।
गएको असोज महिनादेखि श्रीमान सम्पर्कविहीन भएको प्रमिलाले बताइन् । असोज महिनामा श्रीमान विजयले म विदेश जान्छु, तिमी माइतमा गएर बस्नु भनेपछि प्रमिला माइतमा आएर बस्न थालिन । त्यसपछि विदेश जान्छु भनेर घरबाट निस्केका श्रीमानले कात्तिकमा फोन गरेर ‘म विदेश गएँ, मलाई नखोज्नु’ भनेको प्रमिलाले बताइन् ।
त्यसपछि माइती बस्न थालेकी प्रमिलाले श्रीमानले अर्कै केटी लिएर हिँडेकाे थाहा पाइन् । ‘अहिले काठमाण्डाै बस्छ भनेको सुनेको तर काठमाण्डौ कुन ठाँउमा बस्ने, के गर्ने, केही थाहा नभएकाे‘ प्रमिलाले सुनाइन् ।
माइतमा बस्दा प्रमिलालाई आफन्त र छिमेकीले गर्भपतन गर्न सुझाव दिए तर उनले मानिनन् । श्रीमान फर्केर आउने विश्वासमा पेटभित्रको बच्चालाई जन्म दिने निधाे गरिन् । प्रमिलाले गएको मंगलबार बिहान जिल्ला अस्पताल फिदिममा छोरी जन्माइन् । अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।
माइतमा घरमा पनि आर्थिक अवस्था एकदमै नाजुक रहेको साथै आमा दमको रोगी र बुवा सामान्य काममात्र गर्नसक्ने हुनाले गर्भवस्थामा पनि मेलापातको कामदेखि घरका काम सबै गर्नुपर्थ्याे । माइतमा भएका दुई दिदीहरुकाे बिहे भइसकेको छ भने दाजुहरु पनि छुट्टिएर बसेका छन् ।
प्रमिलालाई सुत्केरी गराउन स्थानीय स्वास्थ्य स्वयंसेविकाले फिदिम ल्याएकी हुन् । सुत्केरीपछि श्रीमानको घर र माइत दुवै पक्षबाट प्रमिलाको हेरचाहका लागि कोही नआएपछि प्रमिला संकटमा परिन् ।
त्यसपछि जिल्लामा रहेका मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, र स्थानीय जनप्रतिनिधिलगायतको सहयोगमा उनलाई अहिले फिदिम नगरपालिका अन्तर्गत सञ्चालित फिदिम–४ मा रहेको सामुदायिक सेवा केन्द्रमा राखिएको छ ।
अल्पकालीन रुपमा आपतमा परेका महिलाहरुलाई सेवा दिने उदेश्यले स्थापना गरिएको सेवा केन्द्रमा उनकाे राम्रै हेरचाह भइरहेको छ ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...