धनगढी : रुखले च्यापेर कैलालीमा एक जनाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका वडा नम्वर ९ मनिका सामुदायिक वन मुर्कटीमा रुख काट्ने क्रममा सोही रुखले च्यापेर गोदावरी ११ का श्रवण रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव सेती अञ्चल अस्पतालमा पोष्टमार्टका लागि राखिएको छ।
