Thursday, April 15, 2021

पर्यटक लोभ्याउदै माघी होमस्टे

जमुना न्युरे
सुखड,कैलाली असार ३
अहिले ग्रामिण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ । ब्यवस्थित होटल,लज नभएको स्थानमा होम स्टे एउटा राम्रो बिकल्प पनि हो । होम स्टेको छुट्टै बिषेषता छ । पाहुना सत्कार,सस्कृति झल्कने परम्परागत शैलि ,रहन सहन,बोलि भाषा होम स्टेमा पुगे नजिक बाट नियाल्न पाइन्छ ।

पर्यटन प्रवद्र्धन संगै आर्थिक रुपान्तरण गर्नमा पनि होमस्टे सफल भएको पाइन्छ । कैलालीको घोडाघोडी नगरपालिका वडा न ४ मा सञ्चालन भएको माघि होम स्टे पनि पर्यटन प्रबद्धन गर्न सफल भइरहेको छ । नेपाल पंक्षि संरक्षण संघ र चरा संरक्षण नेटवर्क कैलालीको सहयोगमा २०७१ साल साउन १० गते बाट माघि होम स्टे सञ्चालनमा आएको हो । स्थानियको सहभागिता बिना संरक्षण सम्भब नभएकाले संरक्षणमा स्थानियको सहभागीता गराइ आय आर्जनमा टेवा पुर्याउनका लागी होम स्टे सञ्चालनको अवधारणा ल्याइएको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीको भनाइ छ ।
m
१४ ओटा घर बाट सुरु गरिएको होमस्टे हाल एक घरमा थप गरि १५ घरमा सञ्चालन भइरहेका छन । घोडाघोडी ताल क्षेत्र संगै जोडिएको माघि होमस्टे पुगे थारु परम्परागत नाच, खाना, बास बस्न संगै लोपोन्मुख, आगन्तुक तथा रैथाने चराहरु समेत अवलोकन गर्न पाइन्छ । पर्यटनको दृष्टिले महत्वपुर्ण मानिएको घोडाघोडी ताल संगै जोडिएकाले पनि माघि होम स्टेमा पर्यटकहरु आउने गर्दछन ।
चालु आर्थिक बर्षमा माघि होम स्टेमा धेरै जसो बिद्यार्थिहरु अवलोकनमा आएको होम स्टे सञ्चालक जानकि चौधरीले बताइन । उनले भनिन, “पर्यटकहरु आउने गर्दछन यस बर्ष बिद्यार्थिहरु धेरै आए ।”
पर्यटकहरु आइरहने भए पनि उचित ब्यवस्था नहुदा सेवा सुबिधा दिन नसकेको अर्कि होम स्टे सञ्चालक गुलिया चौधरीले बताइन ।
चालु आर्थिक बर्षको हाल सम्म १ हजार ५ सय को हाराहारिमा पर्यटकहरु भित्रिएको माघि होम स्टे सञ्चालक समितिका ब्यवस्थापक महेश चौधरीले जानकारी दिए । गत आर्थिक बर्ष भन्दा चालु आर्थिक बर्षमा बाह्य पर्यटकको संख्या घटेको चौधरीले जानकारी दिए ।
माघि होम स्टे ब्यवस्थापनका लागी स्थानिय तह लगायत सरकारी तवरबाट पनि सहयोग भइरहेको छ ।
होम स्टेको ब्यवस्थापनका लागी अहिले शौचालय, नुहाउने बयवस्था सहितको नया घर निर्माण भइरहेका छन । होम स्टेलाइ ब्यवस्थापनका लागि सरकारले २५ लाख रकम प्रदान गरेको होम स्टे सञ्चालक समितिका अध्यक्ष शोभाराम चौधरीले जानकारी दिए । उनले भने, “भवन निर्माण,सरसफाइ,बृक्षारोपण लगायतका बिभिन्न शिर्षकमा रकम आएको छ ,अहिले भवन निर्माणको क्रममा छौ अन्य काम भदौ महिना देखि सुरु गर्छौ ।”

होम स्टेको कार्यालय तथा सभाहल रंग रोगनका लागी गत आर्थिक बर्षमा घोडाघोडी नगरपालिकाले ५ लाख रकम बिनियोजन गरेको बताउदै अध्यक्ष चौधरीले भने, चालु आर्थिक बर्षमा रकम बिनियोजन गरीएन ।
होम स्टेमा पर्यटकहरु भित्रिरहे पनि सबैभन्दा मुख्य समस्याको रुपमा भने बिद्युत रहेको अध्यक्ष चौधरीले बताएका छन । उनले भने, “टाढा टाढा बाट पर्यटकहरु त आउछन तर बिजुली नहुदा बास बस्दैनन ।”
उचित ब्यवस्थापन नहुदा बाह्य पर्यटकको संख्या पनि घटेको अधयक्ष चौधरी बताए ।
घोडाघोडी क्षेत्रको पर्यटन प्रबद्धनमा पनि माघि होमस्टेले महत्वपुर्ण भुमिका निर्बाह गर्ने गरेको वडा न ४ का अध्यक्ष टेक बुढाको भनाइ छ । होम स्टेको ब्यवस्थापनका लागी चालु आर्थिक बर्षमा सहयेग गर्न नसके पनि आउदो अर्थिक बर्षमा वडा का तर्फ बाट सहयोग गर्ने उनले बताएका छन । वडाध्यक्ष बुढाले बिजुलिको निकै समस्या भएको वडा न ४ मा छिट्टै नै बिद्युत बिस्तार गरिने बताएका छन ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...