Friday, December 4, 2020

शिवपुरी धाम वालउद्यानको गुरुयोजना तयार

धनगढी उपमहानगरपालिका–४ मा रहेको शिवपुरी धाम वालउद्यानको गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको छ ।
शिवपुरी धाममालाई पर्यटन गन्तव्य बनाउनका लागि शिवपुरी धाम वालउद्यानको गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको हो । बुधवार एक कार्यक्रमका बीच गुरुयोजना तथा डीपीआर सार्वजनिक गरिएको छ ।

ड्रिम प्लानर ईन्जीनियरिङ्ग सर्भिसेज अत्तरिया कैलालीले गत जेठ महिना देखि स्थलगत अध्ययन÷अनुगमन गरी गुरुयोजना बनाएको थियो । धनगढी उप–महानगरपालिकामा पटक पटक छलफल र त्यसबाट आएका सुझावहरुलाई समेटेर अन्तिम प्रतिवेदन पेश गरेको उक्त कन्सल्टेन्सीका ईन्जीनियर लोकराज भट्टले बताए ।

गुरु योजनामा पाकिंङ्ग स्थल, स्वीमिङ पुल, चिल्ड्रेन पार्क लगायतका संरचनाहरु रहेका छन् । सबै संरचना बालमैत्री रहने धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । मन्दिर क्षेत्रको गुरु योजना यस अघि नै निर्माण भैसकेको नगरप्रमुख वडले बताए ।

संरचना निर्माणका लागि भ्याटबाहेक १३ करोड ४८ लाख चार ३५ हजार बजेट आवश्यक हुने परामर्शदाता भट्टले बताए । यसको क्षेत्रफल १ सय ४७ रोपनी रहने छ ।

भर्खरै

         नियात्रा: ‘कञ्चनजङ्घाको पारिलो काख’ खगेन्द्र गिरी 'कोपिला' गान्तोकमा तीन रात बिताएर चौथो दिनको बिहानीपख बिदाई हुने समय पनि आइपुग्यो । बिदाई भन्ने बित्तिकै...

गजल धनीलाई यहाँ पेट घटाउने चटारो छ। गरिबलाई भने छाक टार्नुको हतारो छ। पाल्न त पाल्यौ गाईजस्तै गरेर सरकार। तर यो त ब्याउँदै नब्याउने ओथारो छ। उपल्लो दर्जालाई महलको...

जनशक्ति अभावकै कारण पुनर्वासमा अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन

जुद्ध चौधरी,कञ्चनपुर । कञ्चनपुरको जिल्लाको पुनर्वास नगरपालिकामा दक्ष जनशक्ति अभावकै कारण अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन बनेको छ । गर्भवती महिलाको गर्भावस्था चेक जाँच गर्न...

पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयको शिलन्यास

कञ्चनपुर । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । बिहिवार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा र...