Sunday, January 24, 2021

भारतीय तरकारी तथा फलफूलको विषादी परीक्षण रोक्ने निर्णय तत्काल कार्यान्यवन नगर्नू : सर्वोच्च

काठमाण्डौ : भारतबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण रोक्ने मन्त्रिपरिषदको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षण रोक्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने आदेश दिएको हो । विषादी परीक्षण रोक्ने सरकारको निर्णयविरुद्ध मंगलबार अधिवक्ता स्वागत नेपाल, उपभोक्ता अधिकारवादी ज्योति बानियाँले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।

बुधबारको पेशीमा अधिवक्ताहरु स्वागत नेपाल, नारायण प्रसाद दुवाडी, विकास भट्टराई, पुनम झा, शुभराज शिल्पकार, चन्द्रकुमारी चौलागाईँ, पदमबहादुर श्रेष्ठ र निदेशराज सत्याल लगायतले बहस गर्नु भएको थियो ।

सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि यही ३० गते डाकेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

भर्खरै

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको : शेखर कोइराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलिको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको र ओलीको संसद विघटनको कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने...

प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको :महामन्त्री कोईराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको पुरानै चलिरहेकै योजनाको ओलीले निरन्तरता दिएको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताए...

काँग्रेस नेता कोइराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउदै

नागरिक आवाज कञ्चनपुर , माघ ८ नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं चर्चित नेता डाक्टर शेखर कोईराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउने भएका छन् । प्रधानमन्त्री मन्त्री...

दुई तिहाई बहुमत दिने जनताको त्यो गुन बिर्सने कम्युनिस्ट लाल गद्दार हुन : काँग्रेस नेता बिष्ट

  कञ्चनपुर माघ ८ जनताले बिश्वास गरि प्रचण्ड बहुमत दिएर नेकपालाई सरकारमा पठाएको जनताको त्यो गुन बिर्सने यि कम्युनिस्ट लाल गद्दार हुन नेपाली काँग्रेस कञ्चनपुरका नेता...