Thursday, May 13, 2021

आजबाट देशैभर फोरजी सेवा सुचारू हुँदै

काठमाडौं, असाेज १५ । नेपाल टेलिकमले महत्त्वकांक्षी फोर जी/एलटीई सेवाको नेटवर्क आजदेखि विस्तार गर्ने भएको छ । यसअघि १७ पुस ०७३ देखि काठमाडौं र पोखरामा मात्र यो सेवा सञ्चालन गरेको टेलिकमले त्यसको झण्डै ३ वर्षपछि सातै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको महत्त्वकांक्षी फोरजी सेवाको बुधबार औपचारिक रूपमा शुभारम्भ गर्दैछन् । बुधबार साँझ ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकैपटक भिडियो कल गरेर सेवा विस्तारको औपचारिक उद्घाटन गर्ने तय भएको नेपाल टेलिकमले जनाएको छ ।
यो सेवा विस्तारका लागि सरकारले ०७५ माघ २० मा चीनको जेडटीई कर्पोरेसनसँग सम्झौता गरेको थियो । त्यस्तै, हङकङको सीसीएसआईलाई नेटवर्क १ र नेटवर्क २ को जिम्मा दिइएको थियो । यी कम्पनीले १ वर्षभित्रै सबै स्थानमा नेटवर्क विस्तार गरिसक्ने गरी काम गरिरहेको नेपाल टेलिकमको भनाइ छ ।
टेलिकमले यसलाई हालको मोबाइल सेवाको स्तरोन्नति मात्र नभएर उच्च क्षमताको भएको दाबी गरेको छ । सबै वस्तीहरूमा सेवा पुर्‍याउने गरी संरचना तयार गरिएकाले दीर्घकालसम्म यो महत्त्वपूर्ण रहने टेलिकमको भनाइ छ ।

चौथो जनेरेसनको मोबाइल डाटा सेवा (फोरजी) उच्च गतिको हुन्छ । नेपाल टेलिकमका अनुसार, यसको न्यूनतम गति नै ३५ एमबी प्रतिसेकेन्ड छ ।

फोरजी सेवाको प्रयोगले उच्च गतिको इन्टरनेट सेवा सञ्चालनमा आएपछि उच्च गतिको मोबाइल ब्रोडब्यान्डमार्फत श्र्रव्यदृश्य तथा विद्युत्तीय माध्यमबाट शिक्षा, स्वास्थ्य, समाजिक सेवाहरू र मनोरञ्जनलगायतका सेवा प्रभावकारी हुने ठानिएको छ । भिडियोलगायतका सेवा प्रवाह गर्न पनि यसबाट सहज हुनेछ ।

भर्खरै

पछिल्लो समयका चर्चित सामाजिक अभियन्ता खड्काको यस्तो आग्रह

जसरी आज सत्ता जोगाउन नेताहरू दौडधुप गरिरहेका छन्,त्यसरी कोराना रोकथाम को लागि दौडधुप गरेको भए जनताले उपचार नपाएर ज्यान गुमाउन पर्ने थिएन होला ? आज...

राधा कृष्ण टोल बिकास समितीद्धारा विपन्न परिवारलाई राहत वितरण

दीर्घराज ओझा / कञ्चनपुर : जिल्लाको पुनर्वास नगरपालिका वडा न ११ स्थित राधा कृष्ण टोल बिकास समितीले विपन्न परिवारलाई  राहत सामाग्री वितरण गरेको छ...

पुनर्वासमा प्रहरीद्वारा ६० हजार बराबरको मालसामान बरामद

कंचनपुर , बैशाख २३ जिल्लाको दक्षिणी भेगको पुनर्वासमा भारतबाट भित्र्याइदै गरेको ६० हजार १९५ रुपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय...

कविता : माटो के हो ?

तिमी माटोलाई केही देख्दैनौ मैले त सबै कुरा देखेको छु । यहाँ के छैन।।। नभएको त्यही तिमी मात्र पो त माटो थरी थरी छ तिम्रो विचार पनि अनेकथरी छ माटो...