Sunday, January 24, 2021

नेपाल आइपुगे चिनियाँ राष्ट्रपति

दुई दिने राजकीय भ्रमणका लागि विश्वका शक्तिशाली राजनीतिज्ञ एवं चीनका राष्ट्रपति सी जिनपिङ नेपालको राजधानी काठमाडौं आइपुगेका छन्।

सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानसम्मै पुगेर स्वागत गरेकी थिइन्। दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपराह्न ५ बजे काठमाडौं ओर्लिएका चीनका राष्ट्रपति सीलाई स्वागत गर्न नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र मन्त्रीहरू, संवैधानिक अंगका प्रमुखहरू, सुरक्षा निकायका प्रमुख, सांसदहरू, सरकारका विशिष्ट अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

राष्ट्रपति सीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति सीलाई उच्च सम्मान प्रदान गरिएको छ। सीको स्वागत गर्न मन्त्रीहरू ४ बजे नै विमानस्थल पुगिसेका थिए भने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली भने सी विमानबाट बाहिर निस्किनु केही पहिले मात्रै विमानस्थल पुगेका थिए। दुई दिने अनौपचारिक भारत भ्रमणबाट राष्ट्रपति सी चेन्नइबाट नेपालका लागि उडेका थिए। उनको विमान अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा ४ : ३० बजे अवतरण गरेको थियो।

उनी ५ बजे विमानबाट बाहिर निस्केका थिए। चीनबाट राष्ट्रपतिको तहमा २३ वर्षपछि नेपाल भ्रमण भएको हो। राष्ट्रपति सीलाई अबको केही बेरमा त्रिभुवन विमानस्थलबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै होटल सोल्टीमा लगिनेछ। चीनको तर्फबाट राष्ट्रपति सीको नेतृत्वमा अन्य चार चिनियाँ उच्च अधिकारीसहित दर्जनौँ अधिकारी काठमाडौं आइपुगेका छन्।

भर्खरै

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको : शेखर कोइराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलिको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको र ओलीको संसद विघटनको कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने...

प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको :महामन्त्री कोईराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको पुरानै चलिरहेकै योजनाको ओलीले निरन्तरता दिएको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताए...

काँग्रेस नेता कोइराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउदै

नागरिक आवाज कञ्चनपुर , माघ ८ नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं चर्चित नेता डाक्टर शेखर कोईराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउने भएका छन् । प्रधानमन्त्री मन्त्री...

दुई तिहाई बहुमत दिने जनताको त्यो गुन बिर्सने कम्युनिस्ट लाल गद्दार हुन : काँग्रेस नेता बिष्ट

  कञ्चनपुर माघ ८ जनताले बिश्वास गरि प्रचण्ड बहुमत दिएर नेकपालाई सरकारमा पठाएको जनताको त्यो गुन बिर्सने यि कम्युनिस्ट लाल गद्दार हुन नेपाली काँग्रेस कञ्चनपुरका नेता...