Thursday, April 15, 2021

बाजुरा राष्ट्रिय बिधुत प्रसारण लाइनमा जोडियो

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरामा पहिलोपटक नेपाल बिधुत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । प्राधिकरणले साँफेबगर–मार्तडी ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो ।

नेपाल बिधुत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरिया (कैलाली) प्रमुख सतीशकुमार कर्णले बाजुरा सदरमुकाम मार्तडीमा राष्ट्रिय ग्रीड पु¥याई आफ्नो उत्पादनबाटै विद्युत आपूर्ति शुरु गर्नु ठुलो उपलब्धि भएको बताए । यसअघि प्राधिकरणले दार्चुलामा बलाँच–खलंगा ३३ केभी प्रसारणलाइनको निर्माण गरी सो जिल्लालाई राष्ट्रिय प्रसारण लाइनमा जोडेको थियो । अब सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्ला नेपाल बिधुत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको प्रमुख कर्णले बताए ।

बाजुरालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न साँफेबगर–मार्तडी ३३ केभी प्रसारण लाइन निर्माणका लागि २०७३ चैत १७ गते भ्याटबाहेक सरकार र बिधुत प्राधिकरणको बीचमा ५ करोड ७३ लाख ३८ हजार ४४० रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा बिधुतको माग ६५ मेगावाट रहेकोमा सोहीअनुरुप विद्युत खपत र वितरण भइरहेको कार्यालयले जानकारी दिएको छ ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...