Thursday, May 13, 2021

एनसेलले शुरू गर्याे वाईफाई सेवा

काठमाडौँ, कात्तिक २२ ।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले मोबाइल सेवाबाहेक वाईफाई सेवा पनि सुरु गरेको छ । कम्पनीले ‘रेडियो रिसिभर ट्रान्समिटर’मा आधारित रहेर पहिलोपटक यस्तो सुरु गरेको जनाएको छ । कम्पनीका अनुसार फोरजीका लागि प्राप्त फ्रिक्वेन्सीकै आधारमा यस्तो सेवा सम्भव भएको हो । जीएसएमका लागि प्राप्त फ्रिक्वेन्सीमार्फत नै उपलब्ध गराइने वाईफाई नेपालको सन्दर्भमा भने पहिलोपटक नै भएको कम्पनीको दाबी छ । एनसेलले हाल १८ सय ब्यान्डमा ११ मेगाहर्ज फ्रिक्वेन्सीमा फोरजी सेवा उपलब्ध गराइरहेको छ ।
कम्पनीका अनुसार तत्कालका लागि यो सेवा कैलालीको टीकापुरमा परीक्षणका रूपमा सञ्चालन गरिएको छ । इन्टरनेट सेवा प्रदायकको खास उपस्थिति नभएका क्षेत्रमा यस्तो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।
वायरलेस ब्रोडब्यान्ड इन्टरनेट प्रयोगका लागि राउटरको प्रयोग गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । यस्तो राउटर कम्पनीले आफै निःशुल्क उपलब्ध गराउने छ । यद्यपि यो बजारमा उपलब्ध राउटरभन्दा फरक प्रकृतिको हुने कम्पनीले स्पष्ट पारेको छ । यस्तो राउटरले फोरजीका लागि प्रयोग भइरहेको फ्रिक्वेन्सी उपयोग गर्ने क्षमताको हुने पनि कम्पनीले जनाएको छ ।

भर्खरै

पछिल्लो समयका चर्चित सामाजिक अभियन्ता खड्काको यस्तो आग्रह

जसरी आज सत्ता जोगाउन नेताहरू दौडधुप गरिरहेका छन्,त्यसरी कोराना रोकथाम को लागि दौडधुप गरेको भए जनताले उपचार नपाएर ज्यान गुमाउन पर्ने थिएन होला ? आज...

राधा कृष्ण टोल बिकास समितीद्धारा विपन्न परिवारलाई राहत वितरण

दीर्घराज ओझा / कञ्चनपुर : जिल्लाको पुनर्वास नगरपालिका वडा न ११ स्थित राधा कृष्ण टोल बिकास समितीले विपन्न परिवारलाई  राहत सामाग्री वितरण गरेको छ...

पुनर्वासमा प्रहरीद्वारा ६० हजार बराबरको मालसामान बरामद

कंचनपुर , बैशाख २३ जिल्लाको दक्षिणी भेगको पुनर्वासमा भारतबाट भित्र्याइदै गरेको ६० हजार १९५ रुपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय...

कविता : माटो के हो ?

तिमी माटोलाई केही देख्दैनौ मैले त सबै कुरा देखेको छु । यहाँ के छैन।।। नभएको त्यही तिमी मात्र पो त माटो थरी थरी छ तिम्रो विचार पनि अनेकथरी छ माटो...