कञ्चनपुर : कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ५ मा सांस्कृतिक मेला हुने भएको छ । वडा नम्बर ५ को मुख्य आयोजनामा र भानु युवा क्लबको सहआयोजनामा पैँसट्ठी बिघाको चौरमा सांस्कृतिक मेला २०७६ आजबाट सुरु हुन लागेको हो ।

भाषा कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सो मेलाको आयोजना गरिएको जनाएको छ ।
सांस्कृतिक मेलामा राष्ट्रिय कलाकारहरू जिबि आग्रह, ब्रदरहूड डान्स क्रु , टेक बोगटी, भीम विष्ट (अछामी रेखा), रयापर तथा गायक विकास कुँवर, नृत्य निर्देशक नारायण वडा साथै स्थानीय कलाकारहरूको जोडदार प्रस्तुति रहने मेला आयोजक समितिका सदस्य हिमेश थापाले बताए ।
उनका अनुसार मेला आज र भोलि दुई दिन रातभर चल्ने बताए ।कार्यक्रमको उद्घाटन पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले गर्ने आयोजकले जनाएको छ ।