बेलौरी मंसिर १७
बेलौरी नगरपालिका स्तरीय शैक्षिक अबलोकन टोलिले चितवनको भरतपुर स्थित नारायणी नमुना माविमा अन्तर्कृया गरेको छ ।
बेलौरी नगरपालिका द्वारा अायोजनामा नगर भित्रका बिधालयका प्र अ , शिक्षा समितिका पदाधिकारीहरुको शैक्षिक अध्ययन तथा अबलोकन भर्मणका क्रममा नेपालकै उत्कृष्ट नमुना बिद्यालय भरतपुर १० चितवन स्थित नारायणी नमुना माध्यमिक विद्यालयमा पुगेको हो ।
२०२० सालमा रात्री बिद्यालयका रुपमा स्थापित विद्यालयमा कञ्चनपुरको अध्ययन टोलिलाई विद्यालय परिवार द्वारा स्वागत गरिएको थियो ।
विद्यालयको शैक्षिक बिकासबारेमा छलफल गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री टेक बहादुर थापा तथा नि प्र अ श्री टेकनाथ पौडेलले सम्मान स्वरुप बेलौरी नगरपालिका परिवार लाई माया को चिनो प्रदान गरेका थिए ।
