नरेश राना/
लालझाडी, पाैष २४ । कञ्चनपुरकाे लालझाडी गाउँपालिकामा सामुदायिक वनहरुकाे सँस्थागत विकास तथा लेखा सम्बन्धी दुई दिने तालिम विहिवार सम्पन्न भएकाे छ।
लालझाडी गाउँपालिका भित्रका अाठ अाेटा विभिन्न सामुदायिक वनका ३८ जना पदाधिकारीलाई तालिम दिईएकाे थियाे। तालिमका मुख्य प्रशिक्षक दण्डी राज सुवेदी रहेका थिए।
अमर सिहँ रानाकाे सभापतित्वमा भएकाे तालिम समापन कार्यक्रममा प्रमुख अतिथि लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायक थिए भने विशिष्ट अतिथिमा लालझाडी गाउपालिका वार्ड नं.६ का वडाध्यक्ष फुलराम चाैधरी र वार्ड नं. ३ का अध्यक्ष टीकाराम डँगाैरा रहेका थिए।
