Thursday, April 15, 2021

विपन्न विद्यार्थीहरुलाई स्विटर वितरण

किशोर तामाङ
कञ्चनपुर, २४ पुस

कञ्चनपुरको पुनर्वासमा नेपाल सृजनशिल विकास तथा संरक्षण समाजद्वारा दुई वटा बिद्यालयका विपन्न विद्यार्थीहरुलाई स्विटर वितरण गरिएको छ।

समाज विकासका लागि सक्रियतापूर्वक काम गरीरहेको पुनर्वासको नेपाल सृजनशिल विकास तथा संरक्षण समाजले पुषको कठ्याङ्ग्रीदो जाडोलाई मध्यनजर गर्दै पुनर्वासका दुई सामुदायिक विद्यालयमा जन कल्याण मा वि, आई बि आर डी र सरस्वती मा वि मोतीबस्तीका अध्ययनरत विपन्न बालबालिकाहरुलाई स्विटर वितरण गरेको थियो ।

संस्थाका अध्यक्ष धनमाया गुरुङको सभापतित्व, पूर्व सभासद तथा नेपाली काङ्ग्रेसका नेता दिवान सिंह बिष्टको प्रमुख आथित्यमा जनकल्याण मा. विद्यालय, आईबिआरडी र सरस्वती माध्यमिक विद्यालय मोती बस्तिमा आज छुट्टाछुट्टै कार्यक्रम गरि विपन्न बालबालिकालाई स्विटर वितरण गरेको हो ।

हाल अमेरिकामा बस्दै आउनु भएका संस्थाका पूर्व पदाधिकारी गोपाल चौधरीबाट प्राप्त हुन आएको ३० हजार रकमबाट जनकल्याणमा ४४ र सरस्वती माविमा ६५ गरि १०९ स्विटर वितरण गरीएको संस्थाका सदस्य मिरा चन्दले बताउनुभयो ।

स्वीटर वितरण कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष गुरुङले स्विटर वितरणका लागि आर्थिक सहयोग गर्ने संस्थापक सदस्य गोपाल चौधरीलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले विगतमा आँखा शिविर, स्वास्थ्य शिविर, सिलाई कटाई तालिम र न्यानो कपडा वितरण लगायतका गतिविधि गरेको स्मरण गर्दै  सबैको साथ र सहयोग पाएमा आगामी दिनमा यस्तै कार्यक्रमलाई निरन्तरता दिईने बताउनुभयो ।

प्रमुख अतिथिको आसनबाट वोल्दै  पूर्व सभासद दिवान सिंह बिष्टले अमेरीकामा बसेर गरीब बालबालिकाका लागि न्यानो कपडाका लागि आर्थिक सहयोग गर्ने गोपाल चौधरीलाई धन्यवाद ज्ञापन गर्नुहुँदै कञ्चनपुरको क्षेत्र नम्बर १ मा विभिन्न मानव कल्याण गतिविधिमा सक्रियतापूर्वक काम गरीरहेको संस्था नेपाल सृजनशिल विकास तथा संरक्षण समाजका अध्यक्ष लगायत सम्पूर्ण टिमलाई समेत धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा संस्थाको तर्फबाट  प्रमुख अतिथि दिवानसिंह बिष्टलाई मायाको चिनो प्रदान गरिएको थियो भने आर्थिक सहयोग गर्नुहुने गोपाल चौधरीका बुवा दुर्गा चौधरीलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष धनमाया गुरुङको सभापतित्व, पूर्व सभासद तथा नेपाली काङ्ग्रेसका नेता दिवान सिंह बिष्टको प्रमुख आथित्यमा सम्पन्न सो स्विटर वितरण कार्यक्रममा विशिष्ट अतिथिको आसनमा जनकल्याण मा.वि.का प्रधानाध्यापक रामनारायण कंडेल, सरस्वती मा वि का प्रधानाध्यापक भिमलाल मोक्तान, नेपाली कांग्रेसका स्थानीय नेता दिप बहादुर तामाङ, कलाकार तिर्थराज जोशी र विद्यालयका शिक्षकहरु साथै संस्थाका पदाधिकारीहरु मिरा चन्द, अनिता तामाङ, सुकमाया तामाङ,भागिरथी बिष्ट लगायत व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रमलाई संस्थाका सदस्य मिरा चन्दले सञ्चालन गर्नुभएको थियोे

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...