केशब भट्ट ,बेलौरी ,१६ माघ । कंचनपुरको बेलौरीमा दोस्रो माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विहिबार शहिद दिवसको अवसरमा बेलौरी नगरपालिकाले आयोजना गरेको हाजिर जवाफ प्रतियोगितामा ज्ञान साधना बाल विद्यालय कलकत्ता प्रथम भएको छ । त्यसैगरि उग्रतारा बाल विद्यालय शान्तिपुर दोस्रो स्थान हासिल गर्न सफल भएको छ भने महाकाली माध्यमिक विद्यालय बेलौरीले तेस्रो स्थान हात पारेको छ ।

प्रतियोगितामा प्रथम हुने टिम ज्ञान साधना बाल विद्यालयलाई बाह्र हजार नगर सहित प्रमाण पत्र प्रदान गरिएको छ । दोस्रो हुने टिम उग्रतारा बाल विद्यालयलाई आठ हजार नगर सहित प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरि तेस्रो हुने टिम महाकाली मा.वी.लाई छ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा नगरभित्रका सामूदायिक र संस्थागत विद्यालय गरी बिस विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिता बेलौरीको महाकाली माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो ।
बेलौरीमा नगरपालिका भित्र रहेका विद्यार्थीहरुमा वाह्य ज्ञान वृद्घि गर्ने उद्येश्यका साथ बेलौरी नगरपालिकाले हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बताउनुभयो । नगरलाई शिक्षा क्षेत्रमा अग्रसर गर्नका लागि नगरपालिका भित्र रहेका विद्यालयहरु सङ्ग समन्यव गरि समय समयमा अतिरिक्त क्रियाकलापको आयोजना गर्ने गरेको नगरप्रमुख चौधरीले बताउनुभयो ।
कार्यक्रमका सभापति समाजिक विकास समिति संयोजक ,बेलौरी नगरपालिका वडा नं.४ का वडाध्यक्ष अर्जुन ढकालले यस हाजिरी जवाफ प्रतियोगिताले नगरभरिका विद्यार्थीहरुमा एक अर्काका अनुभव साटासाट हुने बताउनुभयो । कार्यक्रममा बेलौरी नगरपालिका उपप्रमुख चित्रकुमारी चौधरी, बेलौरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामदत्त भट्ट लगायत नगरपालिकाका कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा महाकाली माध्यमिक विद्यालयलाई प्रशंशा पत्र प्रदान गरिएको कार्यक्रम सञ्चालक अशोक पाण्डेले बताउनुभयो ।