दिर्घराज ओझा
पुनर्वास, माघ १७ ।
कञ्चनपुरको पुनर्वासमा रहेको कञ्चन पब्लिक बाेर्डिङ्ग स्कुलकाे आयाेजनामा भएको चौथो खुला नृत्य प्रतियाेगिता शुक्रबार सम्पन्न भएकाे छ।
सरस्वती पूजाकाे अवसर पारेर आयाेजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश साँसद तारालामा तामाङ्ग रहनु भएकाे थियाे भने विशिष्ट अथिती पुनर्बास ११ का वडा अध्यक्ष बिनोद अर्याल रहनु भएको थियो । पुनर्वासका १४ वटा विद्यालय सहभागीमा भएको खुला नृत्य प्रतियाेगितामा राष्ट्रिय माद्यामिक विद्यालय प्रथम भएको छ भने कञ्चन पब्लिक इङ्लिश स्कुल द्वितीय भएको छ । यसैगरी पपुलर इङलिस बोर्डिङ स्कुल तृतिय भएको छ ।
कार्यक्रममा प्रमुख अथिती तथा सुदुर पश्चिम प्रदेश सांसद तारा लामा तामाङ्गले निजी तथा सरकारी विद्यालयले शिक्षा क्षेत्रमा निकै महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएकोमा प्रगतीकाे कामना गर्नुभयाे। यस्तै कार्यक्रममा विशिष्ट अथिती तथा पुनर्बास नगरपालिका वडा न ११ का अध्यक्ष बिनोद अर्यालले निजि क्षेत्र मा रहेका बिद्यालयले एउटा व्यावसायिक रुपमा नलगी गुणस्तरीय तर्फ लैजानु पर्ने बताउनुभयो ।
