Friday, December 4, 2020

पुनर्वास नगरपालिका १० मा रहेको विजय माध्यामिक विद्यालयको ४८ अौ बार्षिकउत्सव सम्पन्न

धन बहादुर बिक
पुनर्वास माघ १८ ।
जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका १० स्थित श्री विजय माध्यामिक विध्यालयको ४८ अौ बार्षिकउत्सव शनिबार बिबिध कार्यक्रम का साथ सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश सभा सांसद तारालामा तामाङले बिद्यालय को चौतर्फी विकासका लागि अाफुले सकेसम्म को पहल गर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका माननीय तारालामा तामाङले बिद्यालयको तडकारो बिषय रहेको कम्पाउण्डवाल का निमित्त १० लाख रकम बिनियोजन गरि सकियको र अन्य समस्याको बिषयमा माग हुन अाएमा पहलकदमि गरिने बताउनुभयो ।

कार्यक्रममा बिद्यालय का प्र अ भवानिदत्त अवस्थिले बिद्यालय को बार्षिक तथा अार्थिक बर्ष ०७५/ ०७६ को कुल १ करोड पाँच लाख ५६ हजार ६ सय ७३ रूपैया बराबरको अायव्यय प्रश्तुत गर्नुभएको थिय ।

प्र अ अवस्थिले बिद्यालय लाई बहुमुखी क्याम्पस का लागि पहल गरिदिन सांसद तारालामा तामाङ तथा पुनर्वास नगरपालिका लाई अाग्रह समेत गर्नुभयो । भौगोलिकरूपमा उच्च शिक्षा अध्ययनका लागि धनगढी र खोलापारि जनता बहुमुखी क्याम्पस जान बिध्यार्थिहरूलाई अपायक पर्ने भएकोले छिटोभन्दा छिटो विजय माविलाई बहुमुखी क्याम्पसमा रूपान्तर हुनुपर्ने मा जोड दिनुभएको थियो ।

कार्यक्रममा पुनर्वास नगरपालिका नगर उप प्रमुख सारदा बिष्ट धामिले बिद्यालय को सकारात्मक योजना पूरा गर्न नगरपालिका बाट पुर्ण सहयोग गर्ने बताउनुभयो ।

सो अवसरमा बिद्यालय का संस्थापक अध्यक्ष पुर्व अध्यक्ष , अन्य सदस्य , समाजसेवी , शिक्षक तथ पत्रकार गरि १४ जनालाई कदरपत्र सहित दोसल्ला अोढाई सम्मान गरिएको थियोे कार्यक्रममा बिद्यालय का बिध्यार्थिहरूले विभिन्न सांसकृतिक नृत्य , कबिता वाचन समेत प्रश्तुत गरेका थिय ।

बिद्यालय का व्यवस्थापन समिति अध्यक्ष बिष्नु बिश्वाकर्मा को सभापतित्वमा भएको कार्यक्रम मा सुदूरपश्चिम प्रदेश सांसद तारालामा तामाङ प्रमुख अतिथि रहनुभएको थियो भने बिशिस्ट अतितिमा पुनर्वास नगर उप प्रमुख सारदा बिष्ट धामी , साविक वाईसिबिचवा गाबिस अध्यक्ष एंब समाजसेवी भक्तबहादुर अधिकारी , पुनर्वास नगर वडा नम्बर ११ अध्यक्ष तुलसि अर्याल लगायत रहेका थिय । कार्यक्रम को सञ्चालन शिक्षक लोहित भट्टराईले गर्नुभएको थियोे ।

भर्खरै

         नियात्रा: ‘कञ्चनजङ्घाको पारिलो काख’ खगेन्द्र गिरी 'कोपिला' गान्तोकमा तीन रात बिताएर चौथो दिनको बिहानीपख बिदाई हुने समय पनि आइपुग्यो । बिदाई भन्ने बित्तिकै...

गजल धनीलाई यहाँ पेट घटाउने चटारो छ। गरिबलाई भने छाक टार्नुको हतारो छ। पाल्न त पाल्यौ गाईजस्तै गरेर सरकार। तर यो त ब्याउँदै नब्याउने ओथारो छ। उपल्लो दर्जालाई महलको...

जनशक्ति अभावकै कारण पुनर्वासमा अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन

जुद्ध चौधरी,कञ्चनपुर । कञ्चनपुरको जिल्लाको पुनर्वास नगरपालिकामा दक्ष जनशक्ति अभावकै कारण अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन बनेको छ । गर्भवती महिलाको गर्भावस्था चेक जाँच गर्न...

पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयको शिलन्यास

कञ्चनपुर । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । बिहिवार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा र...