गायक धर्मेन्द्र धामी को नयाँ गित नाच साथी डिजे गित बजारमा आएको छ । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं ३ मा जन्मिएका धामीले आफ्नौ चौथो प्रस्तुतिका रुपमा यो गित बजारमा ल्याएका हुन ।

मलेसिया गित बाट गायन यात्रा सुरू गरेका धामीले आखाँ चिमीचिमी ,भेट गरौला कब, देउडा गित समेत बजारमा ल्याईसकेका छन । नाच साथी डिजेमा लय शब्द धर्मेन्द्र धामी र बिसन डागाको रहेको छ भने स्वर स्वयम धर्मेन्द्र धामी र र्यापमा बिशन डागाले साथ दिएका छन । उक्त गित मालिकार्जुन म्युजिक प्रा लि युट्युव च्यानल मार्फत बजारमा आएको छ ।