दिर्घराज ओझा
पुर्नवास, फागुन १० ।
नेपाली भुतपुर्ब सैनिक कंचनपुर जिल्ला निर्बाचन क्षेत्र न १ द्वारा आयोजित एक दिने पेनाल्टी सुट आउट फुटबल प्रतियोगिता राष्ट्रिय मा.बि. पुर्नवास-११ को खेल मैदान मा हिजो सम्पन्न भएकाे छ।
शैनिक दिवश तथा महाशिबरात्रीपर्वको पावन अवसर मा अायाेजित कार्यक्रम एक दिने पेनाल्टी सुट आउट फुटबल प्रतियोगिता २०७६ हिजो विभिन्न कार्यक्रम का साथ सफल भएको छ ।

नेपाली भुतपुर्ब सैनिक कंचनपुर जिल्ला निर्बाचन क्षेत्र न १ का अध्यक्ष श्री देव बहादुर भुझेलको सभापतीत्वमा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका अबकास प्राप्त सेनानि श्री इन्द्र बहादुर शाही रहनु भएकाे थियाे ।
त्यसैगरी विशिष्ट अथिती पुनर्बास ११ का वडा अध्यक्ष तुलसि अर्याल र नेपाल भुतपुर्ब सैनिक संगठन कैलाली जिल्ला समितीका अध्यक्ष केशब पाण्डे रहनु भएको थियो । कार्यक्रमका अथितीहरुमा विभिन्न बिद्यालयका प्र.अ.,क्लब का अध्यक्षहरु,बन समितिका अध्यक्ष र अन्य बुद्धिजीवीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम को संचालन लालझाडी युवा क्लबका उपाध्यक्ष श्री देब सिंह ठकुरीले गर्नु भएको थियो ।
पुनर्वास र कैलाली का गरि जम्मा १८ वटा टिम सहभागी रहेको खेलमा खेल को पहिलो चरण लिग चरणमा खेलाइएको थियो । दोस्रो चरण देखि नक आउट सिस्टममा खेलाईएको प्रतियोगिताको उपाधी आयोजक नेपाल राष्ट्रिय भुतपुर्व सैनिक-बि टिमले नगद रु २० हजार सहित प्रमाणपत्र हात पार्न सफल भएको छ । त्यसैगरी प्रतियोगिताको उपबिजेता कञ्चन पब्लिक इङ्लिश स्कुलले रु.१० हजार सहित प्रमाणपत्र हात पारेको छ ।