Saturday, November 28, 2020

स्वर्ण पदक विजेता धामीलाई दार्चुलामा सम्मान

प्रकाश चन्द्र भट्ट
दार्चुला, फागुन २९
नेपाललाई स्वर्ण दिलाउने कुस्ती खेलाडी संगिता धामीलाई दार्चुलामा बिहिवार सम्मान गरिएको छ ।
१३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा कुस्ती खेलाडी संगिता धामीले नेपाललाई स्वर्ण दिलाएकी थिइन । दार्चुलाको शैल्यशिखर नगरपालिकाले कुस्ती खेलाडी संगितालाई सम्मान गरेको छ ।
५५ केजी समुहको कुस्ती प्रतिस्पर्धामा भाग लिइ स्वर्ण पदक जित्ने संगिता धामीलाई शैल्यशिखर नगरपालिकाले विहीबार गोकुलेश्वरमा एक कार्यक्रमको आयोजना गरि नगद रु १ लाख ५ हजार र सम्मान पत्रले सम्मान गरिएको हो ।
पुर्खौली घर दार्चुलाको मालिकार्जुन गाउँपालिका भएकी संगितालाई नगरपालिकाले नगद रु १ लाख ५ हजार तथा सम्मान पत्र प्रदान गरी सम्मान गरिएको नगर प्रमुख अमर सिंह धामीले बताए । नगरकार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार संगितालाई सम्मान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले बताए । १३ औं दक्षिण एशियाली खेलकुदमा कुस्ती खेलको ५५ केजी समुहको स्पर्धामा भाग लिई स्वर्ण पदक जित्न सफल संगिताको उज्वल भविष्यको कामना गर्दै सम्मान तथा नगद प्रदान गरिएको उहाले बताए । पदक बिजेता संगितालाई समग्र शैल्यशिखरबासी आम नागरिक एवं दार्चुलाबासीको तर्फबाट चन्द्र र सुर्य अंकित राष्ट्रिय झण्डालाई खेलका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा फहराउन निर्वाह गर्नु भएको भुमिकाको कदर गर्दै सम्मान तथा नगद प्रदान गरिएको उनले बताए ।

भर्खरै

डडेल्धुरा  सूचना तथा प्रचार बिभागको संयोजकको जिम्मेवारी अवस्थीलाई

नागरिक आवाज कञ्चनपुर , मंसिर १२ नेपाल प्रजातान्त्रिक महासंघको  सुदुर पश्चिम प्रदेशको सूचना , प्रविधी तथा प्रचार बिभाग डडेल्धुरा  जिल्ला समितीको संयोजकमा दीपेन्द्र अवस्थीलाई जिम्मेवारी दिइएको...

नेपाली काँग्रेस द्वारा कञ्चनपुरको पुनर्वासमा प्रशिक्षण

  नागरिक आवाज कञ्चनपुर मंसिर १२ पार्टी कार्यकर्ताहरुलाई लोकतान्त्रिक मूल्य मान्यता संगठन सुदृढीकरणका लागि नेपाली काँग्रेस कञ्चनपुरले जिल्ला ब्यापी प्रशिक्षण सुरु गरेको छ । मंसिर ९ गते जिल्लाको...

बैतडीमा सूचना तथा प्रचार बिभागको संयोजकको जिम्मेवारी क्षेत्रीलाई

नागरिक आवाज    कञ्चनपुर , मंसिर ११ नेपाल प्रजातान्त्रिक महासंघको  सुदुर पश्चिम प्रदेशको सूचना , प्रविधी तथा प्रचार बिभाग बैतडी  जिल्ला समितीको संयोजकमा धनबहादुर क्षेत्रीलाई जिम्मेवारी...

महिला हिंसा अन्त्यकाे नाराले बाेकेकाे प्रतिबद्धता आत्मसाथ गर्दै समाज रूपान्तरण गर्न जरूरी छ: मन्त्री मगर

  जुद्ध चाैधरी, पुनर्वास, मँसिर १० खानेपानी मन्त्री बिना मगरले समाज रूपान्तरणका लागि महिला हिंसा बिरूद्धकाे १६ दिने अभियानकाे नारालाई अात्मसाथ गर्न जरूरी रहेकाे बताउनु भएकाे छ...