Thursday, February 25, 2021

घोडाघोडी नगरपालिकाका १२ उत्कृष्ट किसानहरुलाइ नगद पुरस्कार सहित सम्मान

कैलाली,असार २५ । कैलालीको घोडाघोडी नगरपालिका अनर्तगतको कृषि विकास शाखाले नगरका १२ जना उत्कृष्ट किसानहरुलाइ नगद पुरस्कार सहित सम्मान गरेको छ ।
नगरको कृषि विकास शाखाले बिहवार एक कार्यक्रमका बिच उत्कष्ट बन्न सफल प्रत्येक कृर्षकहरुलाइ नगद छ हजार रुपैया सहित दोसोल्हा ओढाएर सम्मान गरिएको हो ।

घोडाघोडी नगरपालिकाको कृर्षि विकास शाखाको आर्थिक वर्ष २०७६÷७७ को स्वीकृत नगर स्तरीय उत्कृष्ट कृर्षक कार्यक्रम मा सहभागी भएका घोडाघोडी नगरपालिका अन्र्तगतका १२ वडाहरु मध्येका प्रत्येक वडा बाट एक जना कृर्षकलाइ छनोट गरिएको थियो । छनोटमा पर्न सफल १२ जना उत्कृष्ट कृर्षकहरुलाइ सम्मान गरिएको नगरपालिकाका कृषि विकास शाखा प्रमुख जनक धामीले बताएका छन ।

घोडाघोडी नगरपालिकाका अन्र्तगतका प्रत्येक वडा बाट उत्कृष्ट बन्न सफल १२ कृर्षकहरुमा वडा १ का टेक बहादुर मगर, वडा २ का लौघर डगौरा, वडा ३ का बलिराम डगौरा, वडा ४ का माहासिंह बुढा, वडा ५ का सत्य नारायण चौधरी वडा ६ का दुत राम चौधरी त्यस्तै, वडा ७ का भुपेन्द्र बहादुर महत वडा ८ का रामलाल चौधरी वडा ९ का भुवन जंग शाहा वडा १० का जालु राम चौधरी वडा ११ का प्रेम लालचौधरी र वडा १२ का मञ्जु देवीचौधरीलाइ नगद सहित सम्मान गरिएको हो ।सम्मान कार्यक्रमले किसानहरुको आत्मबलमा बृद्धी भइ नगरको कृषि उत्पादनमा समेत थप बल पुग्ने विश्वास गरिएको छ ।

भर्खरै

कञ्चनपुरको बेलौरीमा श्रीमतीले गरिन आफ्नै श्रीमानकाे हत्या

  नागरीक आवाज बेलाैरी , फागुन ११ कञ्चनपुरको बेलौरीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । बेलौरी नगरपालिकाकाे वडा नं. ६ भुराकोटकी २७ वर्षीया बसन्ती चौधरीले...

निर्मला पन्तको न्याय माग गर्न प्रदर्शनमा रहेकी अधिकारकर्मी शारदा चन्द सहित ६ जना पक्राउ

  नागरिक आवाज कञ्चनपुर , फागुन १० प्रधानमन्त्री केपी ओलीको कार्यक्रममा १३ वर्षिया बालिका निर्मला पन्तको न्यायको माग गर्ने अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा...

बेलौरीमा प्रहरीले झन्डै १ लाख ६ हजार बराबरको मालसामान बरामद

नागरिक आवाज कञ्चनपुर , फागुन ८ कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र बेलौरीमा राजश्व छली गरि ल्याइदै गरेको १ लाख ५ हजार ७१० मूल्य बराबरको अबैध मालसामान प्रहरीले...

मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु

नागरिक संवाददाता/ पुनर्वास, फागुन ०६ । कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन्। बिहीबार...