Tuesday, January 26, 2021

३८ औं बिपि स्मृति दिवसको अबसरमा काँग्रेसले भित्र्यायो नेकपा ३ दर्जन कार्यकर्ता

दीपेन्द्र बस्नेत
कञ्चनपुर , साउन ६
नेपाली काँग्रेसका संस्थापक नेता बिशेश्वर प्रसाद कोइराला (बिपि) को ३८ औं स्मृति दिवसको अबसर पारेर कञ्चनपुरको पुनर्वासमा आयोजित कार्यक्रममा नेता दिवानसिंह बिष्टले ३३ जना नेकपाका कार्यकर्ता काँग्रेसमा भित्र्याएका छन् ।
मंगलबार कञ्चनपुको क गाउँ स्थित सामुदायिक वनको सभाकक्षमा आयोजित कार्यक्रममा पुनर्वास नगरपालिका ७ च गाउँका ३३ जना नेकपाका युवा कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराएको नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का सभापति गोपिप्रसाद उपाध्यायले बताए ।
सोमबार नेकपा परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेका बुद्धिमान तामाङ , एलिया तामाङ , रमेश तामाङ र प्रकाश तामाङको सक्रियतामा उनिहरुलाई पार्टीमा प्रवेश गराइएको सभापती उपाध्यायले बताए ।
जन नायक बिपि कोइरालाले स्थापित गरेको मूल्य मान्यता , सिद्धान्त र समाजवादी पार्टी भए पनि कञ्चनपुरको यस क्षेत्रमा दलित , अल्पसंख्यक र जनजाती तामाङ समुदायमा पार्टीको पकड कमजोर रहेको बेलामा क्षेत्रमा पार्टी सुदृढीकरण अभियान बिस्तार गरे संगै अहिले पार्टी सबै तह र तप्काका समुदायको रोजाइ बन्दै गएको काँग्रेस नेता तथा पुर्व साँसद दिवानसिंह बिष्टले बताए ।
जननायक बिपि कोइरालाले स्थापित गरेको पार्टी नेपाली काँग्रेस समावेशी सिद्धान्तमा चलेको पुरानो पार्टी भएको नेता बिष्टले बताए ।
पार्टीमा सबै कार्यकर्तामा समान व्यवहार गरिने कसैलाई भेदभाव नगरी पार्टी सुदृढीकरणमा लागिने नेता बिष्टले बताए ।
जन नायक कोइरालाको ३८ औं स्मृति सभाका अबसरमा नेपाली काँग्रेसले जनजागरण सामुदायिक वनमा बृक्षारोपण समेत गरेको थियो ।

भर्खरै

सूचना तथा प्रचार बिभाग कञ्चनपुरका पदाधिकारीको पदस्थापन

नागरिक आवाज कञ्चनपुर , माघ ११ नेपाल प्रजातान्त्रिक महासंघ सूचना प्रविधि तथा प्रचार बिभाग कञ्चनपुर शाखाका पदाधिकारीहरुको आइतबार पदस्थापन गरिएको छ । बिभागका कञ्चनपुरका पदाधिकारीहरुलाई बधाई तथा...

संसद बिघठन हुन ओलि मात्रै होइन प्रचण्ड -माधव पनि उत्तिकै दोषी : नेता कोईराला

दीपेन्द्र बस्नेत कञ्चनपुर , माघ ११ संसद बिघठनको घटनामा ओलि मात्रै होइन प्रचण्ड - माधव पनि उत्तिकै दोषी रहेको नेपाली काँग्रेसका नेता शेखर कोईरालाले बताएका छन्...

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको : शेखर कोइराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलिको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको र ओलीको संसद विघटनको कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने...

प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको :महामन्त्री कोईराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको पुरानै चलिरहेकै योजनाको ओलीले निरन्तरता दिएको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताए...