Tuesday, January 26, 2021

कञ्चनपुरको दक्षिणी क्षेत्रमा काँग्रेस मोह बढ्दै

बेलौरी , साउन ९
संगठन बिस्तार र पार्टी सुदृढीकरणमा जुटेको नेपाली काँग्रेसले कञ्चनपुरको दक्षिणी क्षेत्रमा संगठन बिस्तारको अभियान बढाए संगै नेकपाका कार्यकर्ता पार्टीमा भित्र्याउन सुरु गरेको छ ।

शुक्रबार बेलौरी नगरपालिका ८ स्थित शिविर बस्तीका ३० जना नेकपा कार्यकर्तालाई पार्टी प्रवेश गराइएको नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले जनाएको छ ।
नेकपाले निर्वाचन ताका सुकुम्बासी , आरक्ष पिडित , बाढी पिडितहरुको बस्तिमा गरेका बाचा अनुसार काम गर्न नसके पछि जनताले नेकपाको बिकल्पमा नेपाली काँग्रेसलाई रोज्न थालेकोले पार्टीमा प्रवेश गर्नेको संख्या बढेको काँग्रेस नेता तथा पुर्व साँसद दिवान सिंह बिष्टले बताए ।
नेकपाको गठबन्धन बाट निर्वाचित जनप्रतिनिधि हरुले जनताको काममा सिन्को भांच्न नसकेकाले काँग्रेसमा प्रवेशको लहर बढेको क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्यायले बताए ।
क्षेत्रको बिकास र बिपन्न तथा शोषित पिडितहरुलाई नेकपाले भोट बैंकका रुपमा मात्रै प्रयोग गर्न थालेको रहस्य जनताले बुझेपछी काँग्रेस प्रवेशको लहर चलेको नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा बेलौरी नगरपालिका काँग्रेस पैरवी एवं खबरदारी समितिका संयोजक हरेन्द्र सिंह बिष्टले बताए ।
शुक्रबार आयोजित कार्यक्रममा नेता गोपालसिंह गुरुङ र बिद्यार्थी नेता कुलैराज उपाध्याय लगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

भर्खरै

सूचना तथा प्रचार बिभाग कञ्चनपुरका पदाधिकारीको पदस्थापन

नागरिक आवाज कञ्चनपुर , माघ ११ नेपाल प्रजातान्त्रिक महासंघ सूचना प्रविधि तथा प्रचार बिभाग कञ्चनपुर शाखाका पदाधिकारीहरुको आइतबार पदस्थापन गरिएको छ । बिभागका कञ्चनपुरका पदाधिकारीहरुलाई बधाई तथा...

संसद बिघठन हुन ओलि मात्रै होइन प्रचण्ड -माधव पनि उत्तिकै दोषी : नेता कोईराला

दीपेन्द्र बस्नेत कञ्चनपुर , माघ ११ संसद बिघठनको घटनामा ओलि मात्रै होइन प्रचण्ड - माधव पनि उत्तिकै दोषी रहेको नेपाली काँग्रेसका नेता शेखर कोईरालाले बताएका छन्...

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको : शेखर कोइराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलिको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको र ओलीको संसद विघटनको कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने...

प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको :महामन्त्री कोईराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको पुरानै चलिरहेकै योजनाको ओलीले निरन्तरता दिएको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताए...