Thursday, May 13, 2021

शुक्लाफाँटा नगरपालिका ११ मा रहेको दीपनगर बिद्यालयले बिकासमा छलाङ्ग मार्दै

रेखा साउद झलारी ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ दीपगरमा रहेको श्री दीपनगर आधारभूत बिद्यालयले बिकासको छलाङ्ग मार्दैछ । २०६५ सालमा स्थापित भएको बिद्यालयले १२ बसन्त पारि गरि सकेको छ । ग्रामिण भेगमा स्थापना भएको उक्त बिद्यालयमा सुरुवाती चरणमा दीपनगरका केहि बिद्यार्थी मात्रै बिद्यालय आउने गरेको भए पनि गत बिगतका बर्षहरु बाट बिद्यार्थीहरुको संख्या बढदै गएको बिद्यालयका प्रधानाध्यापक सबिता भाटले बताए । शान्त एकान्त अनि रमणिय बातावरण भएको दीपनगर आधारभूत बिद्यालयमा प्रारम्भिक चरणमा अभिभावकहरुले ३० ÷ ४० जना सम्म मात्रै बिद्यार्थीहरु लाई हाम्रो बिद्यालयमा पठन पाठनको लागि पठाउने भए पनि गत बिगत बाट करिब १२० देखि १५० जना सम्म बिद्यार्थी भर्ना भई अध्ययन गरिरहेको समेत प्रष्ट पारिन ।

त्यस्तै पहिलेको तुलनामा बिद्यालय ब्यवस्थापन समितिको चासो र खबरदारीका कारण विद्यालयको भौतिक संरचनाहरुमा समेत परिवर्तन आएको छ । प्रतिनिधी सभा सदस्य (सांसद) नर बहादुर धामीको पहलमा शुक्लाफाँटा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने कार्यक्रममा लागी परेकाछन । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद धामीको पहलमा शुक्लाफाँटाका आधा दर्जन विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको छ । समय सापेक्ष अनुसार विद्यार्थीहरुलाई समय सापेक्ष प्राविधिक शिक्षा दिनका लागि विद्यालयमा प्राविधिक र भौतीक रुपमा सुधार गर्दै स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्र्तगत रु ५० लाख रुपैयामा बिद्यालय परिसरको करिब ३६९ देखि ३८० मिटर लामो पर्खाल,बिद्यालय प्रेबेश गेट निर्माण गरेकाछन ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा पर्ने शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम योजना प्रतिनिधि अर्जुन भट्टले शुक्लाफाँटा खबर दैनिक पत्रिका लाई जानकारी गराएका छन । संसद धामीको कामबाट विद्यालय परिवार र अभिभावकहरु अत्यन्तै खुःसी भएका छन् । पछिल्लो समय दीपनगर आधारभुत विद्यालयमा सी सी टिभि क्यामेरा,इन्टरनेटको व्यवस्था,मण्टेस्वरिको माध्यमबाट सरल सिकाइको आभुती,लगाएत गत साल सम्म कक्षा ५ सम्म मात्रै पठन पाठन हुने गरेको बिद्यालयमा यो शैक्षिक सत्रमा कक्षा ६ को अनुमतिका लागि शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखा संग पहल गरिरहेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर बिष्टले बताए । गत बर्ष देखि सरकारी बिद्यालयमा मण्टेस्वरिको माध्यम बाट न्यून शुल्कमा अध्यापन गराईरहेको भए पनि शुक्लाफाँटा नगरपालिका क्षेत्रमा सामुदायिक विद्यालयमा अध्यापन गराईने मण्टेस्वरिको शिक्षा लाई उदाहरण्ीय काम समेत मान्न सकिन्छ

भर्खरै

पछिल्लो समयका चर्चित सामाजिक अभियन्ता खड्काको यस्तो आग्रह

जसरी आज सत्ता जोगाउन नेताहरू दौडधुप गरिरहेका छन्,त्यसरी कोराना रोकथाम को लागि दौडधुप गरेको भए जनताले उपचार नपाएर ज्यान गुमाउन पर्ने थिएन होला ? आज...

राधा कृष्ण टोल बिकास समितीद्धारा विपन्न परिवारलाई राहत वितरण

दीर्घराज ओझा / कञ्चनपुर : जिल्लाको पुनर्वास नगरपालिका वडा न ११ स्थित राधा कृष्ण टोल बिकास समितीले विपन्न परिवारलाई  राहत सामाग्री वितरण गरेको छ...

पुनर्वासमा प्रहरीद्वारा ६० हजार बराबरको मालसामान बरामद

कंचनपुर , बैशाख २३ जिल्लाको दक्षिणी भेगको पुनर्वासमा भारतबाट भित्र्याइदै गरेको ६० हजार १९५ रुपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय...

कविता : माटो के हो ?

तिमी माटोलाई केही देख्दैनौ मैले त सबै कुरा देखेको छु । यहाँ के छैन।।। नभएको त्यही तिमी मात्र पो त माटो थरी थरी छ तिम्रो विचार पनि अनेकथरी छ माटो...