Sunday, January 24, 2021

निर्मल लामा: जनयुद्धका छापामार देखी गायक सम्म

सुनिल कुमार लाे/
कुनै समय माओवादी जनयुद्धमा बन्दुक बोकेर देश र जनताको मुक्तिका लागि लडेका मकर बहादुर हेन्जन(क.निर्मल लामा) आजभोलि गायक बनेका छ्न ।
कञ्चनपुर जिल्ला पुनर्वास २ का दशरथ बस्तीका स्थायी बासिन्दा मकर बहादुर हेञ्जन २०५७ सालमा माओवादीमा प्रवेश गरे । सानै उमेरदेखी गीतसंगीतमा रुचि राख्ने निर्मल रेडियोमा आउने गितहरु कण्ठ पार्थे । र गाउँघरमा साथीहरूलाई गित सुनाउँथे । सबैले प्रशंसा गर्न थालेपछि उनमा अझै हौसला बढदै गयो । त्यसैताका गाउँमा आइरहने माओवादी लडाकुहरुले गाएको गीत सुनेर त्यसको सिको गर्न थाले । उनले बिस्तारै रेडियोमा बज्ने गीत गाउन छोडेर क्रान्तिकारी गितहरु गाउन थाले । त्यस समय निकै चर्चामा रहेका गीतहरू “यो शरीर ढल्यो साथी हो, लालझण्डा ढल्न नदिनु”, “तिम्रै लागि गए बरु यो ज्यान गईजाला” जस्ता गीतहरू गाउन थाले । बिस्तारै गीत गाउँदा गाउँदै माओवादीतर्फको झुकाव बढदै गयो । अन्ततः कक्षा छ मा पढदै गरेका १३ वर्षिय मकर बहादुर हेन्जन कमरेड निर्मल बन्न पुगे । कलिलो उमेरमा जनयुद्धमा होमिएका निर्मल साँस्कृतिक कर्मी हुँदै माओवादी छापामार बन्न पुगे ।
यस क्रममा उनले २०५७ सालदेखि २०६२ सालसम्म तत्कालीन सुदुर र पश्चिमाञ्चल क्षेत्रका पहाडी जिल्ला र तराई जिल्लामा दर्जन भन्दा बढी मोर्चाहरुमा युद्ध लडे । त्यसक्रममा कैयौंपटक सामान्य घाइते पनि भए । जब माओवादी र सरकारको बिचमा शान्ति सम्झौता भयो, उनी बेरोजगार भए । पढाई त जनयुद्ध कालमै छुटिसकेको थियोे । जनयुद्धकालमा बुर्जुवा शिक्षा मुर्दावाद भन्दै युद्धमा होमिएका उनी जागिर खाने योग्यता नभएपछि निराश भएर भारतको गुजरात भासिए । कपडा फ्याक्ट्रीमा आफ्नो दाईसंग काम गर्दै समय बिताउने क्रममा उनले गाएका गित सुनेर सबैले प्रशंसा गर्थे । पछी उनको क्षमताको चर्चा सेठसम्म पुगेछ । सेठले उनको कलाबाट प्रभावित भएर उनलाई संगित विद्यालयमा भर्ना गरीदिए । त्यही उनले संगित बिसारतसम्म पढे । त्यसपछि भारतको गुजरातको स्टेट लेभलका विभिन्न
प्रतियोगिताहरुमा भाग लिए । र थुप्रै प्रतियोगिताहरुमा भाग लिए । विस्तारै उनले व्यवसायिक रुपमा गीत गाउन थाले । स्थानीय ब्याण्डहरुसंग आवद्ध भएर गाउन थाले । हाल उनी गुजरातको सुरत सिटिमा नेपाली कान्छा नामले प्रख्यात छ्न । र त्यहाँका हरेक पार्टी र फंक्सनमा उनको माग हुन्छ ।
तर भारतमा बसेर जति नाम र दाम कमाए पनि नेपाल प्रतिको माया उनले कहिले भुलेनन । उतैको नागरिकता लिने र उतै सेटल हुने पर्याप्त अवसर हुँदाहुँदै पनि नेपाल नै फर्कने र यतै केही गर्ने मनस्थिति बनाईरहेको उनी बताउँछन् ।
केही समय अघि गित रेकर्ड गर्ने योजनाका साथ उनी नेपाल आए । तर उनको दुर्भाग्य कोरोना महामारीका कारण उनी यतै अडके । तर यो प्रतिकुल परिस्थितिलाई आफ्नो अनुकुल बनाउँदै हाल निकै चर्चामा रहेकी गायिका मेलिना राईसंग उनले गीत रेकर्ड गराएका छन । जुन छिट्टै बजारमा आउँदैछ । निकट भविष्यमा आउन लागेको उनको यो गीतप्रती उनी निकै आशावादी छ्न । र यो गितले नेपाली संगित क्षेत्रमा उनलाई गायकको रुपमा उभ्याउने कुरामा विश्वस्त देखिन्छन् ।

भर्खरै

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको : शेखर कोइराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलिको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको र ओलीको संसद विघटनको कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने...

प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको :महामन्त्री कोईराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको पुरानै चलिरहेकै योजनाको ओलीले निरन्तरता दिएको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताए...

काँग्रेस नेता कोइराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउदै

नागरिक आवाज कञ्चनपुर , माघ ८ नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं चर्चित नेता डाक्टर शेखर कोईराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउने भएका छन् । प्रधानमन्त्री मन्त्री...

दुई तिहाई बहुमत दिने जनताको त्यो गुन बिर्सने कम्युनिस्ट लाल गद्दार हुन : काँग्रेस नेता बिष्ट

  कञ्चनपुर माघ ८ जनताले बिश्वास गरि प्रचण्ड बहुमत दिएर नेकपालाई सरकारमा पठाएको जनताको त्यो गुन बिर्सने यि कम्युनिस्ट लाल गद्दार हुन नेपाली काँग्रेस कञ्चनपुरका नेता...