अछामको रामारोसनमा आएको बाढी पीडितका लागी एलिना सिहँले दुवैबाट आर्थिक सहयोग गरेकि छ्न । गत भाद्र २ गते राती एक्कासी जिल्लाको रामारोसन गाउँपालिका वडा न ५ सैनी बजारमा आएको भीषण बाढीले घरमा सुतिरहेका झन्डै २ दर्जन मानिसहरु बगाएको थियो । उक्त बाढी मा बगेर केहीका लास भेटिए भने अझै धेरै जना बेपत्ता छन भने केही मानिसहरु घाइते भयका छ्न । गांँउ नै शोकमा डुवेका बेला घाईतेहरुलाई केहि सहजहोस भन्ने उदेश्यले केहि रकम सहयोग गरेको उनले बताए । सानो रकमले पनि उनिहरुको घाउमा मलम पट्टि लगाउनमा सहयोग हुने भएकाले आ आफ्नो ठाउबाट सबैले सहयोग गर्न सकेत आग्रह गरेका छन ।

प्राकृति प्रकोपमा परेका पीडितहरुलाई आर्थिक सयोक गरेका युनाइटेड ग्रुप धनगढी का अध्यक्ष मोहन खड्काले बताए । उनले आफुहरुले सहयोगका लागी अभियान चलाएको बताउदै सो अभियानमा सहयोग गर्न चाहानु हुने व्यक्तिहरुले मोहन खड्कको नाममा रहेको एनआईसी एशिया बैकको खाता ०२५५७५०५३५२५९००१ मा जम्मा गर्न सक्नुहुनेछ ।
यस अघि पनि युनाइटेड ग्रुप धनगढीका अध्यक्ष मोहन खड्काको पहलमा अछाममा रहेका १५ भन्दा बढी बाढी पीडितहरूका लागि खाद्यान्न सामाग्री वितरण गरेको थियो भने १० जना भन्दा बढी मिर्गौला पीडित लाई सयोग गरेर ज्यान समेत बचायका छ्न।