नरेश राना/
लालझाडी, भदाै २८ । कञ्चनपुरकाे लालझाडी गाउँपालिकामा हात्तिकाे बथानले किसानका उखु र धानबाली नाेक्सान गरेका छन । शनिवार राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट अाएका हात्तिका बथानले लालझाडी गाउपालिका ४ जाई गाउँका किसानले लगाएका धानबाली र उखुमा नाेक्सान गरेका हुन ।
हात्तिले छाेटु राना, राैवा राना, जय बहादुर राना, अजय राना, सुम्मन राना र रामदिन रानाकाे धानबाली नष्ट गरेका छन । त्यसैगरी रामदिन रानाकाे एक बिघामा लगाएकाे उुखुबाली समेत नष्ट गरेकाे उनले बताए ।
बर्सेनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट अाउने हात्तिले किसानका सयाैँ बिघाका अन्नबाली नष्ट गर्ने गरेका छन । हात्ती अातँक राेकथामका लागि गाउँपालिकाले प्रभावकारी याेजना ल्याउन नसक्दा स्थानिय किसानकाे बर्सेनि बालीनाली नाेक्सानी हुने गरेकाे स्थानियहरू बताउछन ।
