अछामको रामारोसनमा आएको बाढी पीडितका लागी देश तथा विदेशवाट आर्थिक संकलन भएको छ । गत भाद्र २ गते राती एक्कासी जिल्लाको रामारोसन गाउँपालिका वडा न ५ सैनी बजारमा आएको भीषण बाढीले घरमा सुतिरहेका झन्डै २ दर्जन मानिसहरु बगाएको थियो । उक्त बाढी मा बगेर केहीका लास भेटिएका थिए भने अझै धेरै जना बेपत्ता छन । बाढीमा परि सयौ व्यक्ति घाईते भएका छन ।

गांँउ नै शोकमा डुवेका बेला घाईतेहरुलाई केहि सहजहोस भन्ने उदेश्यले आर्थिक अभियान सञ्चालन गरेको युनाइटेड ग्रुप धनगढीका अध्यक्ष मोहन खड्काले बताए । सो अभियानमा देश तथा बिदेशमा रहेका मनकारीहरुले बाढी पिडितहरुको घाउमा मलम लगाउनमा एक लाख ५ सय आर्थिक सहयोग जुटेको बताएका छन । सो रकम आज नै पिडित कहाँ पुर्यायउने बताए । यो अभियानमा सहयोग गर्ने पवित्रा रावत,खेमराज पन्त,भावना विष्ट,विद्या खड्का,अञ्जली राना,एलिना सिहँ,टेक रावत, विनोद भट्ट,रुपा शर्मा,कमला सुवेदी,समिर जोशी,आशिष भट्ट विपिन मिश्र लगायतको टिमलाई धन्यावाद व्यक्त गरे ।
आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको छु खड्काले भने,समाजमा भएका समस्यालाई समाधान गर्ने जिम्मा युवाको नै भएकाले त्यसमा सबैको साथ आवश्यक रहेको बताए । यस अघि पनि उनको पहलमा जिल्लाको कमल बजार नगरपालिका वडा नम्बर ६ का १५ भन्दा बढी घरधुरीलाई खाद्यान्न हस्तान्तरण गरिएको थियो ।