Friday, December 4, 2020

लकडाउनले देश थला परेको बेला “सुष्मा” बाख्राको खोरमा आर्थिक उपार्जन खोज्दै

दीपेन्द्र बस्नेत
कञ्चनपुर , असोज ३
लक डाउनले देश ठप्प थियो । रोजगारी सबै बन्द थिए , घरमा भएको अन्नवाली पशु चौपाया बेचेर निम्न समुदायका नागरिकले साँझ बिहानको छाक टार्दै थिए । अलि हुनेखानेहरुलाई समेत दैनिकी धान्न धौं धौं पर्दै थियो । तर सुदुर पश्चिमको कञ्चनपुर स्थित बेलौरी नगरपालिका ३ खिरियाकी सुष्मा अधिकारी गिरी भने लक डाउनलाई आर्थिक उपार्जनको अबसर बनाउने ध्याउन्नमा खटिरहेकी थिइन् । “सुष्मा” ले लकडाउन संगै चैत महिना देखि आफ्नो ध्यान बाख्रा पाल्दै व्यावसायिक महिला बन्ने अठोट संगै जुटेकी थिइन ।

३० वर्षिया सुष्मा उच्च शिक्षा आर्जन गरेकी युवा पुस्ताकी महिला हुन । उनले अंग्रेजी साहित्यमा स्नातकोत्तर (एम ए ) सम्मको अध्ययन पूरा गरेकी छिन् ।
शिक्षित युवाहरु कृषि तथा पशुपालन ब्यबसायमा उति सारो आकर्षित नभई रहेका बेला “सुष्मा” ले सुरु गरेको यो ब्यबसायिक बाख्रा पालन इलम धेरै युवा पुस्ताका लागि अनुसरणीय बन्न सक्छ ।
१६ लाखको लगानी गरि सुष्माले सुधारिएको उन्नत खोर निर्माण गरि बाख्रा पालन सुरु गरिन । अहिले उनको खोरमा ४५ वटा बाख्रा रहेका छन् ।
बाख्रा पालन ब्यबसायबाट राम्रो उत्पादन संगै आम्दानी लिन सुष्माले उन्नत जातका बाख्रा पालेकी छिन ।
बोयर , सिरोही र खरी जातका बाख्रा उनको फर्ममा छन ।
बाख्रा पालनलाई ब्यबसायिक रुप दिन उनले ” सुष्मा बाख्रा फर्म ” नामको फर्म दर्ता गरेर लगानी र मन लगाएर कोरोनाको कहर बाट उत्पन्न आर्थिक मन्दीलाई चुनौती दिदै उपार्जनको बाटोमा उनी कृयाशिल बनेकी हुन ।
सुरुमा २५ वटा बाख्रा पालेर सुरु गरेको उनको फर्ममा ६ महिना पुग्दा नपुग्दै ४५ वटा बाख्रा अहिले उनको खोरमा पुगेका छन् ।

बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म उनको दैनिकी बाख्राहरुको हेरचाहा गर्दै बित्छ । उनी भन्छिन् “परम्परागत रुपमा पालिदै आएको बाख्रा पालनलाई ब्यबसायिक रुप दिन सकिए उत्पादनमा आत्मनिर्भरता संगै आर्थिक उपार्जन समेत हुने भएकाले मैले यो बाख्रा पालन रोजेँ ।” गाउँ छर छिमेकका शिक्षित युवाहरुमा बिदेश मोह वा जागिर मोह बढिरहेकै बेला “सुष्मा” को यो साहसिक पहलले आर्थिक उपार्जनको ढोका खोली दिएको मात्रै होइन युवा पुस्ताहरुका लागि आकर्षणको एउटा आश लाग्दो उदाहरण पनि हो ।

ब्यबस्थित योजना सहित बाख्रा पालनमा होमिएकी सुदुरकी यि उद्धमी महिला सुष्माको लक्ष्य खोरमा दुई सय बाख्रा पुगाउने रहेको छ ।
मासुका लागि नभई बीउ उत्पादनको लक्ष्य लिइ ब्यबसायमा होमिएकी “सुष्मा” पशु पंक्षी पालन र आर्थिक लाभ लिन रणनैतिक रुपमा लागिकी छिन् ।
मध्य भदौ देखि उनले २ लाख लगानी गरि बाख्रा मात्रै नभई स्थानीय जातका कुखुरा समेत पाल्न सुरु गरेकी छिन् । कुखुराको लागि छुट्टै खोर समेत निर्माण गरेर सुष्माले दुई सय स्थानीय जातका कुखुराका चल्ला पाल्न सुरु गरेकी छिन् ।
मासु जन्य पदार्थमा भारत प्रति निर्भर हुँदै आएको नेपाललाई केही राहत मिलोस र आफुले पनि केही आर्थिक उपार्जन गर्न सकिने सम्भावनालाई ध्यानमा राखेर ब्यबसायमा होमिएको युवा महिला उद्धमी सुष्मा बताउछिन् ।
देशलाईनै पुग्ने त होइन कम्तिमा एउटा जिल्लाको सानो हिस्साका मासु जन्य पदार्थका उपभोक्ताहरुको माग पूरा गर्न सकियो भने पनि पर निर्भरतामा कमि आउने सुष्माको धारणा छ ।
आफ्नै स्व अध्ययनका भरमा ब्यबसाय सुरु गरेकी शुष्माले बाख्रा पालन सम्बन्धी कुनै औपचारिक शिक्षा , ज्ञान , तालिम भने लिएकी छैनन । इन्टरनेटलाई ब्यबसाय सम्बन्धी सिक्ने माध्ययम बनाएर उनी बाख्रा पालनमा होमिएकी हुन ।
बाख्राको लागि उनले बारीमा सुपर नेपियर जातको घाँस , डाले घाँस रोपेर आहाराको आपूर्ति गर्दै आएकी छिन् । उनको मेहनत र लगनले खोरमा बाख्रा समेत फस्टाउँदै गएका छन् ।
कृषक र ब्यबसायी हरुले बाख्रा पालन बाट मनग्य आम्दानीको श्रोत बनाउन सकिने धेरै सम्भावना भए पनि बाख्रा पालनमा उनले चुनौतीहरु पनि कम्ता भोगेकी छैनन् ।
उनी भन्छिन् ” देशमा लक डाउन हुनु आफुले ब्यबसाय सुरु गर्नु निकै चुनौतीपूर्ण बन्यो । बाख्रालाई पौष्टिक आहाराको समस्या रहयो । प्राविधिक साहायताको अभाव उस्तै रहयो ।
यतिमात्रै होइन उद्धमीहरुलाई प्रोत्साहनका लागि सरकारले दिने अनुदान समेत वास्तविक ब्यबसायीको हातमा नपर्ने कागजी ब्यबसायीकै पोल्टामा सरकारी अनुदान जाने अबस्थाले ब्यबसायीहरुले मार खेप्दै आएका छन् । ”
ब्यबसायिक रुपमा बाख्रा पालनमा दुर दराजका बस्तीहरुमा अनेकौं चुनौतीहरु रहे पनि उनी ब्यबसायबाट राम्ररी लाभ लिन सकिने बताउछिन् । उन्नत बाख्राको नश्ल सुधार संगै बाख्रा पालक नयाँ कृषक ब्यबसायी हरुका लागि बीउ उत्पादनमा आफुले ध्यान आकृष्ट गरेको महिला उद्धमी सुष्मा बताउछिन् । सोही अनुरुप बाख्रा पालनमा होमिएको र अबको एक वर्ष पछि नयाँ ब्यबसायिक किसानका लागि उन्नत जातका बाख्राका माउ तथा पाठा पाठी उत्पादन गर्ने लक्ष्य बनाएर आफू लागेको सुष्मा बताउछिन् ।
बैँस बिदेशको माटोमा खर्चिन हौंसिने हाम्रा शिक्षित युवाहरुले कर्मशिल “सुष्मा” जस्तै आँट , हिम्मत र मन आफ्नै माटोमा लगाउन सके उत्पादनमा वृद्धि गरि परनिर्भरता हटाउन उल्लेख्य पहल हुन सक्थ्यो ।
न्यून नीजी लगानी र प्रबिधिको अभावमै गाउँ ठाउँमै उत्पादन बढाउन लागि परेका “सुष्मा” जस्ता कर्मशिल यि आश लाग्दा युवाहरुलाई प्रोत्साहित गर्न सरकारले विशेष नीति तथा कार्यक्रम ल्याउन सके नेपालको उत्पादनमा उल्लेख्य वृद्धि हुने र आयात न्यून हुन सक्थ्यो । पुँजी पलायन रोक्न पनि सरकार वा सरोकारवाला हरुको ध्यान पुग्न सके “सुष्मा” जस्ता सयौं पौरखी युवाहरु प्रोत्साहित हुन्थे र अरु हजारौं युवाहरुका लागि अनुशरणीय बन्न सक्थ्यो कृषि तथा पशुपालन ब्यबसाय ।
निर्वाह मुखी हाम्रा यि उत्पादनलाई ब्यबसायिक बनाउन “सुष्मा” हरुको योगदान अतुलनीय छ सरकार यसलाई आकर्षित पार्न बिशेष कार्यक्रम ल्याउन पहल गरोस युवा उद्धमीहरुको चाहना यहि छ ।

भर्खरै

         नियात्रा: ‘कञ्चनजङ्घाको पारिलो काख’ खगेन्द्र गिरी 'कोपिला' गान्तोकमा तीन रात बिताएर चौथो दिनको बिहानीपख बिदाई हुने समय पनि आइपुग्यो । बिदाई भन्ने बित्तिकै...

गजल धनीलाई यहाँ पेट घटाउने चटारो छ। गरिबलाई भने छाक टार्नुको हतारो छ। पाल्न त पाल्यौ गाईजस्तै गरेर सरकार। तर यो त ब्याउँदै नब्याउने ओथारो छ। उपल्लो दर्जालाई महलको...

जनशक्ति अभावकै कारण पुनर्वासमा अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन

जुद्ध चौधरी,कञ्चनपुर । कञ्चनपुरको जिल्लाको पुनर्वास नगरपालिकामा दक्ष जनशक्ति अभावकै कारण अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन बनेको छ । गर्भवती महिलाको गर्भावस्था चेक जाँच गर्न...

पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयको शिलन्यास

कञ्चनपुर । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । बिहिवार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा र...