Sunday, February 28, 2021

कृषि उत्पादनमा लोभ्याउदै काँग्रेस नेता “जनक “

दीपेन्द्र बस्नेत
कञ्चनपुर , कार्तिक ४
विद्यार्थी राजनीतिबाट काँग्रेस राजनीतिमा प्रवेश गरेका कञ्चनपुरका ५० वर्षिय जनकसिंह धामी यतिबेला कृषि उत्पादनमा युवालाई लोभ्याउन लागि परेका छन् । उनले ब्यबसायिक केरा खेती सुरु गरेका हुन ।

२०७६ असार देखि साँढे ७ लाखको लगानीमा ४ बिगाहा जमिन भाडामा लिएर दानसिंह ठगुन्ना संग मिलेर केरा उत्पादनमा होमिएका छन् ।
२०४६ साल देखि नेपाल विद्यार्थी संघ मार्फत राजनीतिमा प्रवेश गरेका जनक २०४९ मा नेबिसंघ कञ्चनपुरका सचीव थिए ।

समय संगै माउ पार्टी नेपाली काँग्रेसको राजनीतिमा समेत सक्रिय जनक २०५९ मा कञ्चनपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सभापती समेत रहि सकेका जनक यतिबेला नेपाली काँग्रेस कञ्चनपुरका सदस्य हुन ।

दार्चुलाका युवा दानसिंह ठगुन्ना संग मिलेर उनले पुनर्वास नगरपालिका ४ घ गाउँमा आधुनिक कृषि उद्यम केन्द्र नामको फर्म दर्ता गरि केरा खेतिमा होमिएका छन् ।

सुरुमा सानै स्तरमा केरा उत्पादनमा लागे पनि यी दुई युवाहरुको योजना भने निकै महत्वाकांक्षी रहेको छ । ४ बिगाहा जमिनबाट सुरु गरिएको केरा खेती अहिले ५ बिगाहा जमिनमा फैलिएको छ । यो संगै लगानी १७ लाख बिस्तार भएको छ ।
०४६ सालमा प्रजातान्त्रिक शासन स्थापनाको निम्ति नेपाली काँग्रेसले थालेको जन आन्दोलनका बेला  पक्राउ परि जेल परेका धामी राजनीति समृद्धिका लागि गरिनु पर्छ बताउछन् ।

समृद्धि त्यसै भाषणले हुने होइन त्यसका लागि कर्म गर्नु पर्छ र समृद्धिका लागि उत्पादनमा जोड दिए मात्रै बन्छ । त्यसकारण पनि राजनीतिमा होमिएका नेता कार्यकर्ता स्वयं कृषि उत्पादनमा जुट्न सके आम्दानी संगै शिक्षित युवालाई कृषि मोह बढाउन उदाहरण समेत मिल्ने जनक धामी बताउछन् ।

समृद्ध समाज र समाजवाद भन्ने कुरा भाषणले आउने होइन आफै जुटे मात्रै देश र समाजलाई समृद्ध बनाउन सकिने जनकको यो पहलले राजनीतिमा लागेका तमाम नेता कार्यकर्ताहरुलाई गतिलो सन्देश दिएको छ ।
एक वर्ष अघि सुरु गरिएको जनक -दानसिंहको आधुनिक कृषि उद्यम केन्द्रले यो वर्षको असोज देखि उत्पादन सुरु गरेको छ । असोज मसान्त सम्म ८  लाख बराबरको केरा बिक्री गरि सकेका छन । यो सिजनमा २७ लाखको केरा उत्पादन हुने कृषक धामीले बताए ।

२०५५ मा सुकुम्बासी आयोग कञ्चनपुरका सदस्य समेत रहेका जनक ब्यबसायिक केरा खेतिमा होमिए संगै कृषि फर्मलाई दोहरो आम्दानीको रुपमा बिकसित बनाउने योजनामा रहेका छन् । कृषिजन्य उत्पादन संगै उधोगका रुपमा बिस्तार गर्ने उनको अठोट कम्ता प्रेरणादायी छैन ।

बारीमा उत्पादन भएका केरा फलफुल आपूर्ति गर्नुका साथै चिप्स उद्योग सञ्चालन गर्ने उनको तयारी रहेको छ । यो संगै कञ्चनपुरको दक्षिणी क्षेत्रको नेपाल-भारत सीमा नजिक रहेको घ गाउँ स्थित केरा उत्पादन फर्ममा बनाना रिसोर्ट बनाएर आन्तरिक र बाह्य पर्यटक लाई आकर्षित गर्दै केरा फर्मलाई पर्यटन हबका रुपमा बिकास गर्ने उनको योजना रहेको छ ।
सशस्त्र द्वन्दका बेला ०५८ मा बिस्थापित बन्न पुगेका काँग्रेस नेता देशमा शान्ति पुनर्बहाली पछि स्वदेश फिर्ता भएका हुन ।

कुनै बेला रोजगारी खोज्दै बिदेशका गल्ली गल्लीहरुमा भौंतारिएर हिड्ने जनक यतिबेला आफ्नै भुमिमा कृषि लाई ब्यबसाय बनाउदै समृद्ध परिवार संगै दर्जनौं युवा , नेता र कार्यकर्ताका लागि उदाहरणीय पात्र बन्न पुगेका छन् । 
बारीमा जि नाइन जातको उन्नत केराको उत्पादन संगै समृद्धिको साँचो हातमा लिएर हँसिलो बन्न पुगेका छन ।
केरा खेतिमा जति सम्भावना छ त्यतिनै चुनौती रहेको उनको अनुभव रहेको छ । केरा कृषकहरुलाई बजारको मुख्य समस्या छ । सीमापारीका भारतीय कृषकले उत्पादन गरेका केरा नेपाली बजारमा सहजै आउने कारण स्थानीय कृषक मारमा परेको उनको भोगाइ छ ।

केरा कृषकहरुका लागि प्राविधिक सेवा , परामर्श लगायतका सेवाहरुको अभाव , सरकारी निकायको अनुगमन अभाव संगै केरा रोपेको १५ दिन भित्र बिमा गरिसक्नु पर्ने बाध्यात्मक ब्यबस्था कृषकहरुको हीतमा नभएको उनको दुखेसो रहेको छ ।
बाधा , ब्यबधान र चुनौतीहरुको चाङ भए पनि काँग्रेस नेता जनकले जस्तै अरु थुप्रै नेता कार्यकर्ता पनि कृषि उत्पादनमा होमिएको भए आर्थिक उपार्जन संग संगै मुलुकमै रोजगारीको अबसर समेत बन्ने थियो र राजनीतिमा लाग्नेहरुको आर्थिक सम्पन्नताले शिक्षित युवालाई समेत प्रोत्साहित गर्न सक्थ्यो अनि देशको समृद्धि फगत नारा बन्ने थिएन ।
सलाम यि पौरखी नेता जनकलाई !

भर्खरै

बेलौरी र पुनर्वास मैत्रीपूर्ण भलिवलः बेलौरी विजय 

  कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका र पुनवर्पास नगरपालिकाका कर्मचारीविच भएको भलिवल खेलमा बेलौरी नगरपालिका विजय भएको छ। शनिबार भएको खेलमा बेलौरी जित हात पारेको बेलौरी...

कञ्चनपुरको पुनर्वासमा प्रहरीको नागरिक सुनुवाइ

  पुनर्वास , फागुन १४ कञ्चनपुरको पुनर्वासमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ। बिहिबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पुनर्वास नगरपालिका को सभा...

कञ्चनपुरको बेलौरीमा श्रीमतीले गरिन आफ्नै श्रीमानकाे हत्या

  नागरीक आवाज बेलाैरी , फागुन ११ कञ्चनपुरको बेलौरीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । बेलौरी नगरपालिकाकाे वडा नं. ६ भुराकोटकी २७ वर्षीया बसन्ती चौधरीले...

निर्मला पन्तको न्याय माग गर्न प्रदर्शनमा रहेकी अधिकारकर्मी शारदा चन्द सहित ६ जना पक्राउ

  नागरिक आवाज कञ्चनपुर , फागुन १० प्रधानमन्त्री केपी ओलीको कार्यक्रममा १३ वर्षिया बालिका निर्मला पन्तको न्यायको माग गर्ने अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा...