Friday, December 4, 2020

बृक्षारोपण गरि काँग्रेस नेता महतले मनाए जन्मदिन

 

कञ्चनपुर कार्तिक २०
नेपाली काँग्रेसका सह महामन्त्री पुर्व परराष्ट मन्त्री डाक्टर प्रकाशशरण महतले अाफ्नाे जन्मदिन वृक्षरोपण गरेर मनाउनु भएको छ ।
बाताबरण संरक्षण र पर्यावरणीय सन्तुलन जोगाइ राख्न सहयोग तथा नयाँ माैलिक र सन्देशमुलक तरिकाले जन्मदिन मनाउन पाउँदा अत्यन्तै खुसि लागेको उहाँको विचार छ ।
अाफु जन्मेको दिनमा विरुवा राेपेर जन्मदिन मनाउने संस्कार उत्कृष्ट छ जन्मदिनमा राेपेकाे विरुवाले प्रकृति हराभरा बनाउने , वातावरण स्वच्छता राख्ने र फलफूल जडिबुटी प्राप्त हुने हुनाले सम्पूर्ण नेपालीहरुले अाफु जन्मेको दिनमा एउटामात्र विरुवा राेप्ने हाे भने करोडौं विरुवा हुर्कन्छन् जुन राष्ट्रकाे बिकासमा महत्त्वपूर्ण याेगदान हुनसक्छ ।
नेपाली काँग्रेसका बौद्धिक नेता डाक्टर महतले पवित्र विचार असल कर्म र संस्कार लाई प्राेत्साहन गर्दै सभ्य समाज र सभ्य मुलुक बनाउने अभियानकाे उद्देश्य अाफुलाई अत्यन्तै राम्रो लागेकोले अाफु अभियानमा सहभागी भएको बताउनुभयो ।
सबै नागरिकहरु विचमा सद्भाव र एकता कायम गरि समाजमा शान्तिपूर्ण वातावरण बनाउने अभियानकाे उद्देश्यले सबैलाई हित हुनेछ । विरुवा राेपेर जन्मदिन मनाउने संस्कार लाई नेपाली माैलिक संस्कारको रुपमा स्थापित गरि बिश्व समुदाय लाई नयाँ सन्देश दिनसक्ने हुनाले याे महत्त्वपूर्ण छ । जन्म दिनको अबसरमा बृक्षारोपण गरि पर्यावरणीय सन्तुलन जोगाउन र संरक्षणमा योगदान पुगोस भनी लमजुङ बाट सुरुवात भएको याे अभियान अहिले देशब्यापि रुपमा अगाडि बढिरहेको छ ।

भर्खरै

         नियात्रा: ‘कञ्चनजङ्घाको पारिलो काख’ खगेन्द्र गिरी 'कोपिला' गान्तोकमा तीन रात बिताएर चौथो दिनको बिहानीपख बिदाई हुने समय पनि आइपुग्यो । बिदाई भन्ने बित्तिकै...

गजल धनीलाई यहाँ पेट घटाउने चटारो छ। गरिबलाई भने छाक टार्नुको हतारो छ। पाल्न त पाल्यौ गाईजस्तै गरेर सरकार। तर यो त ब्याउँदै नब्याउने ओथारो छ। उपल्लो दर्जालाई महलको...

जनशक्ति अभावकै कारण पुनर्वासमा अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन

जुद्ध चौधरी,कञ्चनपुर । कञ्चनपुरको जिल्लाको पुनर्वास नगरपालिकामा दक्ष जनशक्ति अभावकै कारण अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन बनेको छ । गर्भवती महिलाको गर्भावस्था चेक जाँच गर्न...

पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयको शिलन्यास

कञ्चनपुर । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । बिहिवार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा र...