Friday, December 4, 2020

देशका ७५३ पालिकामा बिस्तार हुदै महासंघ 

नागरिक आवाज
कञ्चनपुर , कार्तिक २६
नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय समितिले विषयगत नौ वटा संघहरु , सात वटै प्रदेशमा प्रदेश समिति तथा ७७ जिल्लाहरुमा जिल्ला तदर्थ समिति बिस्तार पछि , अब ७५३ वटै न. पा./गा. पा. स्तरमा समिति बिस्तार गर्ने तयारीमा रहेको जनाएको छ ।

यस बाहेक ११ बिभागहरु , महिला र युवा सहभागिता बढयाउन महिला समन्वय समिति , युवा समिति केन्द्र देखि पालिकाहरु सम्म बिस्तार गर्ने तयारी रहेको छ । वडा दशै – २०७७ को शुभकामना आदानप्रदान जुम भर्चुअल कार्यक्रममा केन्द्रिय अध्यक्ष गोविन्द प्रसाद शर्माले सो जानकारी गराउनु हुँदा सबैले खुशी व्यक्त गर्नु भएको थियोे । नेपाली कांग्रेस पार्टीको माहोल सृजना गर्न , गुट ,उप गुट नभनेर पार्टीको झण्डा र रुख लाई हेरेर कांग्रेस कार्यक्रता हुनु पर्नेमा नेता मुखी हुँदा पार्टी कमजोर भएको हो ।
अब महासंघ बैचारिक अभियान लिएर गाउँ गाउँ , टोल टोल मा कार्यक्रम लिएर जानेछ। बि पि को बिचार , कांग्रेसले गरेको राम्रा कामहरू जनता लाई बुझाएर जनताको मन जित्न सकिन्छ , यसको लागी हामी बिज्ञ समूह निर्माण गरेर कार्यपत्र तयार गरिएको कुरा महासचिव भक्त राज भुसाल ले बताउनुभयो ।

गाउँ सम्म समिति निर्माण गर्दा चालीस हजार भन्दा बढी लाई समितिमा ल्याई सकिनेछ , ३/३ महिनामा वार्ड देखिको रिपोर्ट जिल्लामा , जिल्लाले प्रदेश र केन्द्रमा पठाउनु पर्नेछ । त्यो रिपोर्टिङ महासंघ केन्द्रिय समितिमा छलफल गरेर नेपाली कांग्रेस पार्टी केन्द्रिय कार्यालयमा लिखित प्रस्तुत गरिनेछ । यसो गर्दा कहाँ के भएको छ , जनताको धारणा बुझ्न सकिनेछ ।

महासंघमा देशका बुद्धिजीवी , सेवा निविर्त अफिसर , बैंक बित्तीय ,बिमा ,सहकारी , सामाजिक अभियान्ता , उधोगी व्यावसायिक ब्यक्ति , अधिकारकर्मी लगायतका ब्यक्तित्वहरु सहभागी रहेका छन् । अहिलेसम्म पार्टीले समेट्न नसकेको ब्यक्तित्वहरु लाई महासंघ मार्फत समेटिएको र देश भर नेपाल प्रजातान्त्रिक महासंघ ले जुम तथा अन्य सहयोगात्मक कार्यक्रम गरेर नेपाली कांग्रेसको पछमा माहोल ल्याउन सफल भएको र यो शुरूवात मात्र हो धेरै गर्न बाकी रहेको धारणा महासंघका सुदुरपश्चिम प्रदेश अध्यक्ष गोबिन्द राम परियार ले बताउनु भयो ।

भर्खरै

         नियात्रा: ‘कञ्चनजङ्घाको पारिलो काख’ खगेन्द्र गिरी 'कोपिला' गान्तोकमा तीन रात बिताएर चौथो दिनको बिहानीपख बिदाई हुने समय पनि आइपुग्यो । बिदाई भन्ने बित्तिकै...

गजल धनीलाई यहाँ पेट घटाउने चटारो छ। गरिबलाई भने छाक टार्नुको हतारो छ। पाल्न त पाल्यौ गाईजस्तै गरेर सरकार। तर यो त ब्याउँदै नब्याउने ओथारो छ। उपल्लो दर्जालाई महलको...

जनशक्ति अभावकै कारण पुनर्वासमा अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन

जुद्ध चौधरी,कञ्चनपुर । कञ्चनपुरको जिल्लाको पुनर्वास नगरपालिकामा दक्ष जनशक्ति अभावकै कारण अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन बनेको छ । गर्भवती महिलाको गर्भावस्था चेक जाँच गर्न...

पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयको शिलन्यास

कञ्चनपुर । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । बिहिवार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा र...