Saturday, November 28, 2020

महासंघले दियो प्रदेश १ मा सुसेली र बाग्मतीमा मोक्तानलाई सूचना,प्रविधि तथा प्रचार बिभागको जिम्मेवारी

 

नागरिक आवाज
कञ्चनपुर , कार्तिक २७

नेपाल प्रजातान्त्रिक महासंघको केन्द्रिय सूचना प्रविधि तथा प्रचार प्रसार बिभाग अन्तर्गत नेपालको ७ ओटै प्रदेशमा प्रचार प्रसार समिती बिस्तार गर्ने उदेश्य अनुरुप प्रदेश नम्बर १ को संयोजकमा सोम सुसेली र बागमती संयोजकमा लालकुमार मोक्तान लाई मनोनित गरिएको छ ।
नेपाल प्रजातान्त्रिक महासंघले देशका विभिन्न प्रदेश समिति गठन गर्दै संगठन बिस्तारको अभियान तीब्र पारेको छ ।
महासंघको कात्तिक २६ गते बुधबार बसेको केन्द्रिय सूचना प्रविधि तथा प्रचार प्रसार बिभागको केन्द्रिय पदाधिकारी बैठकले प्रदेश नम्बर १ को प्रचार बिभागको संयोजकमा सुसेली र बागमती संयोजकमा मोक्तानलाई जिम्मेवारी दिइएको महासंघ केन्द्रिय सदस्य एवं सूचना , प्रविधि तथा प्रचार बिभागकी केन्द्रिय संयोजक रोजी ढकाल पराजुलीले बताइन् ।
बुधबार महासंघले प्रदेश नम्बर १ को सूचना , प्रबिधि तथा प्रचार बिभाग संयोजकमा जिम्मेवारी दिएका सुसेली इलाम एक्सप्रेस राष्ट्रिय दैनिकका प्रकाशक तथा प्रधान सम्पादक ,रेडियाे नेपालबाणी एफ,एम 94.9 मेगाहर्ज इलामका स्टेशन मेनेजर ,प्रजातान्त्रिक बिचार समाज ईलाम जिल्ला सचिव, नेपाल ट्रेड युनियन ईलामको संस्थापक सदस्य हाल केन्द्रीय महाधिवेशन प्रतिनिध एवं वरिष्ठ पत्रकार हुन ।
यसैगरी बाग्मती प्रदेशको संयोजकमा जिम्मेवारी पाएका मोक्तान रेडियो भिमेश्वर दोलखाका पुर्व समाचार प्रमुख ,
नेपाल विद्यार्थी संघ दोलखाको सह–सचिव,जनजाति संघ दोलखाको सचिव,प्रेस युनियन दोलखाको सहसचिव,प्रेस युनियनको केन्द्रीय पार्षद, तामाङ पत्रकार संघको केन्द्रीय सदस्य,देशान्तर साप्ताहीक र एभिन्यूज खवरमा लामो समय काम गरेका एवं हाल कृषि टेलिभिजनमा वरिष्ठ संम्वाददाता तथा कार्यक्रम प्रस्तोताको रूपमा कार्यरत छन् ।
महासंघले ७ वटा प्रदेश मध्ये हाल सम्म सुदुरपश्चिम प्रदेश संयोजकमा पत्रकार दीपेन्द्र बस्नेत, कर्णाली प्रदेश संयोजकमा पत्रकार बिष्णु न्यौपानेलाइ नियुक्त गरिसेकेको छ । बांकी रहेका प्रदेशहरुमा पनि छिट्टै संयोजक सहित बिभाग गठन गर्ने तयारी रहेको सुचना , प्रविधि तथा प्रचार बिभागकी केन्द्रिय संयोजक रोजी ढकाल पराजुलीले बताइन् ।

भर्खरै

डडेल्धुरा  सूचना तथा प्रचार बिभागको संयोजकको जिम्मेवारी अवस्थीलाई

नागरिक आवाज कञ्चनपुर , मंसिर १२ नेपाल प्रजातान्त्रिक महासंघको  सुदुर पश्चिम प्रदेशको सूचना , प्रविधी तथा प्रचार बिभाग डडेल्धुरा  जिल्ला समितीको संयोजकमा दीपेन्द्र अवस्थीलाई जिम्मेवारी दिइएको...

नेपाली काँग्रेस द्वारा कञ्चनपुरको पुनर्वासमा प्रशिक्षण

  नागरिक आवाज कञ्चनपुर मंसिर १२ पार्टी कार्यकर्ताहरुलाई लोकतान्त्रिक मूल्य मान्यता संगठन सुदृढीकरणका लागि नेपाली काँग्रेस कञ्चनपुरले जिल्ला ब्यापी प्रशिक्षण सुरु गरेको छ । मंसिर ९ गते जिल्लाको...

बैतडीमा सूचना तथा प्रचार बिभागको संयोजकको जिम्मेवारी क्षेत्रीलाई

नागरिक आवाज    कञ्चनपुर , मंसिर ११ नेपाल प्रजातान्त्रिक महासंघको  सुदुर पश्चिम प्रदेशको सूचना , प्रविधी तथा प्रचार बिभाग बैतडी  जिल्ला समितीको संयोजकमा धनबहादुर क्षेत्रीलाई जिम्मेवारी...

महिला हिंसा अन्त्यकाे नाराले बाेकेकाे प्रतिबद्धता आत्मसाथ गर्दै समाज रूपान्तरण गर्न जरूरी छ: मन्त्री मगर

  जुद्ध चाैधरी, पुनर्वास, मँसिर १० खानेपानी मन्त्री बिना मगरले समाज रूपान्तरणका लागि महिला हिंसा बिरूद्धकाे १६ दिने अभियानकाे नारालाई अात्मसाथ गर्न जरूरी रहेकाे बताउनु भएकाे छ...