Friday, December 4, 2020

आज काग तिहार

काठमाडौं।  नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत शुक्रबार कागको पूजा गरी काग तिहार मनाइँदै छ ।यमराजको दूतको रुपमा लिइने कागलाई आज मनपर्ने खाना खान दिने र पूजा गर्ने चलन छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने विश्वासका साथ कागको पूजा गर्ने चलन रहि आएको छ ।

यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि नै सुरु भए पनि काग तिहार भने २८ गते परेको हो । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि आजै परेको छ । तिथि घटबढका कारण यस्तो भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यसैगरी कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने समितिले जनाएको छ ।

सायंकालमा औंसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय विधान छ । औंसी तिथिमा गरिने स्नान र दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ ।

भर्खरै

         नियात्रा: ‘कञ्चनजङ्घाको पारिलो काख’ खगेन्द्र गिरी 'कोपिला' गान्तोकमा तीन रात बिताएर चौथो दिनको बिहानीपख बिदाई हुने समय पनि आइपुग्यो । बिदाई भन्ने बित्तिकै...

गजल धनीलाई यहाँ पेट घटाउने चटारो छ। गरिबलाई भने छाक टार्नुको हतारो छ। पाल्न त पाल्यौ गाईजस्तै गरेर सरकार। तर यो त ब्याउँदै नब्याउने ओथारो छ। उपल्लो दर्जालाई महलको...

जनशक्ति अभावकै कारण पुनर्वासमा अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन

जुद्ध चौधरी,कञ्चनपुर । कञ्चनपुरको जिल्लाको पुनर्वास नगरपालिकामा दक्ष जनशक्ति अभावकै कारण अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन बनेको छ । गर्भवती महिलाको गर्भावस्था चेक जाँच गर्न...

पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयको शिलन्यास

कञ्चनपुर । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । बिहिवार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा र...