Friday, December 4, 2020

पार्टीलाई एक ढिको बनाउने रणनैतिक निर्णय गर्दै महासंघको केन्द्रिय समिती बैठक सम्पन्न

 

नागरिक आवाज
कञ्चनपुर , मंसिर ६
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल प्रजातान्त्रिक महासंघले सुदृढीकरण र पार्टी लाई एक ढिको बनाउन विभिन्न रणनीतिक निर्णय गरेको छ ।
देशको समसामयिक राजनितिक अवस्था र नेपाल प्रजातान्त्रिक महासंघले खेल्ने भुमिका बारे प्रष्ट पार्दै महासंघका केन्द्रिय अध्यक्ष गोविन्द्र प्रसाद शर्माले काँग्रेस एकढिका भएर हिड्यो भने नेकपाका केन्द्रिय तहका व्यक्तिहरु समेत काँग्रेस आवद्ध प्रजातान्त्रिक महासंघमा आउन तयार रहेको जानकारी गराउदैं विपीले कल्पना गरेको काँग्रेस तथा गणेशमानले त्याग गरेको काँग्रेस बनाउन नेपाल प्रजातान्त्रिक महासंघ निरन्तररुपमा लागि परेको र सबैले सहयोग गरे त्यो दिन छिट्टै नजिक रहेको अध्यक्ष  शर्माले बताउनु भयो ।


प्रजातान्त्रिक महासंघले देश विकासमा खेल्ने भुमिका एवम पार्टी बलियाका अधारहरुबारे महासंघका महासचिब भक्तराज भुसालले अगामी चुनावमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउने अठोटका साथ सम्पुर्ण कार्यसमितिका पदाधिकारी लगायत केन्द्रिय सदस्यहरु, प्रदेश संयोजकहरु तथा आमन्त्रित केन्द्रिय सदस्यहरुलाई सक्रिय भएर लाग्न अवगत गराउदैं कार्यक्रम संचालन गर्नु भएको थियो ।
त्यस्तै गरि केन्द्रिय सदस्य एवम युवा तथा खेलकुद विभागका संयोजक रामचन्द्र तिवारीले ३५ वटा जिल्लामा संगठन विस्तार गरिसकेको बाँकी जिल्लाहरु मंसीर भित्रै विस्तार गरिने जानकारी दिनु भयो ।
संयोजक तिवारीले युवा तथा खेलकुद संगठनमा ३५ वर्ष भित्र युवाहरु समाबेश गरि संगठनलाई तथा बलियो बनाउने बताउनु भयो ।
महासंघ सुदुरपश्चिमका संयोजक पुर्व प्रहरी उपरिक्षक गोविन्द राम परियारले आफनो पार्टीले गरेका गल्तीलाई सुधार्न हामी महासंघ सक्रिय भएर लाग्ने गुटबन्दीको अन्त्य गर्ने र काँग्रेसलाई बलियो बनाउनमा जोडदिनु भएको थियो ।
त्यस्तै केन्द्रिय सदस्य एवम गण्डकी प्रदेशका संयोजक पुर्व बरिष्ठ प्रहरी उपरिक्षक भरत शर्माले नेपाली काँग्रेस भित्र भएका आन्तरीक विवादका कारण पार्टी अगाडी बढन् नसकेको प्रति दुख व्यक्त गर्दै अगामी दिनहरुमा सबै एकढिका भएर पार्टीलाई उच्च शिखरमा पुर्याउने पर्नेमा जोडदिनु भयो ।
बैठकमा  बक्ता सहकारी बिद  डा  ज्ञानेन्द्र प्रसाद पौडेल, केन्द्रिय सदस्य  डिल्ली प्रसाद शर्मा आर्चाय, अर्थविद डिलाराम सुवेदी, केन्द्रिय सदस्य एकनारायण उपाध्याय, बागमती प्रदेशका कोषाध्यक्ष भवानी देवकोटा, केन्द्रिय सदस्य पवित्रा शर्मा, बसन्ती भण्डारी, केन्द्रिय सदस्य लेखबहादुर राई, मकवानपुरका संयोजक कृष्ण प्रसाल अर्याल, काठमाण्डौं संयोजक अनमोल श्रेष्ठ, केन्द्रिय सदस्य पदम नाथ सापकोटा र लाल प्रसाद अर्याल, नेत्रनाथ पौडेल, बुद्धिमान गौडेल , संचय कोषका पुर्व डिजिएम केन्द्रिय सदस्य केदार नाथ गौतम, केन्द्रिय सदस्य लेख बहादुर राई, अमर प्रकाश तिवारी लगायतका सहभागीहरुले काँग्रेसलाई बलियो बनाउन आ आफना स्थानबाट जम्मेरै लाग्नु पर्ने धारणा व्यक्त गरेका थिए ।
त्यस्तै गरि विधान मस्यौदा समितिका संयोजक तथा केन्द्रिय कार्य संपादन समिति सदस्य  रामहरि न्यौपानेले सातै वटै प्रदेश र ७७ वटै जिल्लामा कानुनी आवश्यकता र कानुनी अफ्टयारा सजिला कुराहरु प्रष्ट पार्दै विभिन्न क्षेत्रमा रहनु हुने जस्तै कानुनविद, अर्थविद्, प्रहरी प्रशासन, शिक्षाविद्हरु एवम नेपाली काँग्रेसलाई माया गर्ने तर अलगिएका व्यक्तिहरुलाई समिटने तमाम कानुन शासन, आर्थिक समावेशी समग्ररुपमा समेटदैं आएको कुरा जानकारी गराउनु भयो ।
बाक्लो सहभागीताका साथ सम्पन्न महासंघ केन्द्रिय समितिको बैठकले नेपाल प्रजान्त्रिक महासंघको केन्द्रिय सदस्यमा पुर्व डिआईजी पुर्णचन्द्र जोशी र गणेश केशीलाई मनोनय गर्ने निर्णय गरेको हो । बैठकले नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा प्रजातान्त्रिक पक्षधारलाई सहयोग गर्न केन्द्रिय अध्यक्षको गोविन्द प्रसाद शर्माको संयोजनमा उच्चस्तरिय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । आज गठित समिति संयोजक अध्यक्ष गोविन्द प्रसाद शर्मा, सदस्यमा महासचिब भक्तराज भुसाल, सदस्यमा कोषाध्यक्ष योगेश्वर पोखरेल, सदस्यमा गण्डकी प्रदेश संयोजक भरतराम शर्मा, त्यस्तै नेपाल प्रजातान्त्रिक सुचना प्रविधिका संयोजक रोजी ढकाल पराजुली एवम युवा तथा खेलकुद संयोजक रामचन्द्र तिवारी एवम गोविन्दराम परियार समेत सदस्यमा रहेका छन् ।
कार्यक्रममा सहभागी प्रजातान्त्रिक महासंघका केन्द्रिय सदस्य एवम सुचना विभागका प्रमुख रोजी ढकाल पराजुलीले कुम्भकर्ण निद्रामा सुतिरहेको नेपाली काँग्रेसलाई तत्काल नेपाली जनताका लागि जाग्नु जरुरी रहेको बताउदैं बामपन्थी सरकारले सर्वसाधारणहरुको कोरोना पिडालाई साम्य पार्न नसकिरहेको अवस्थामा काँग्रेस समेतले बेवस्था गरेको दुःख लागेको बताइन । केन्द्रिय सदस्य पराजुलीले आफु कोरोना कालमा पनि काँग्रेसलाई बलियो बनाउने उदेश्उका साथै सातै प्रदेश गएका बेला नेपालीहरुको पिडाले मनछटपटिएको प्रति पार्टीको गम्भीर ध्यार्नाकर्षणका लागि अनुरोध समेत गरिन ।
महासंघका केन्द्रिय अध्यक्ष गोविन्द प्रसाद शर्माको सभापतित्व सम्पन्न कार्यक्रमको समापन अध्यक्ष शर्माले सहभागी सबैका विचारहरु माथि प्रकाश पार्दै  सम्पन्न गरेका थिए ।

 

भर्खरै

         नियात्रा: ‘कञ्चनजङ्घाको पारिलो काख’ खगेन्द्र गिरी 'कोपिला' गान्तोकमा तीन रात बिताएर चौथो दिनको बिहानीपख बिदाई हुने समय पनि आइपुग्यो । बिदाई भन्ने बित्तिकै...

गजल धनीलाई यहाँ पेट घटाउने चटारो छ। गरिबलाई भने छाक टार्नुको हतारो छ। पाल्न त पाल्यौ गाईजस्तै गरेर सरकार। तर यो त ब्याउँदै नब्याउने ओथारो छ। उपल्लो दर्जालाई महलको...

जनशक्ति अभावकै कारण पुनर्वासमा अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन

जुद्ध चौधरी,कञ्चनपुर । कञ्चनपुरको जिल्लाको पुनर्वास नगरपालिकामा दक्ष जनशक्ति अभावकै कारण अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन बनेको छ । गर्भवती महिलाको गर्भावस्था चेक जाँच गर्न...

पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयको शिलन्यास

कञ्चनपुर । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । बिहिवार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा र...