Thursday, April 15, 2021

उद्योग वाणिज्य महासंघको निर्वाचनमा लोकतान्त्रिक प्यानल जिताउन उच्चस्तरीय समिती गठन

नागरिक आवाज
कञ्चनपुर , मंसिर ७
आसन्न उद्योग वाणिज्य महासंघको निर्वाचनमा लोकतान्त्रिक प्यानलका उम्मेदवारहरुलाई जिताउन नेपाल प्रजातान्त्रिक महासंघले ७ सदस्यीय समिती गठन गरेको छ ।
महासंघ केन्द्रीय अध्यक्ष गोबिन्द प्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष शर्माको नेतृत्वमा देशभर लोकतान्त्रिक पक्षधरहरुको प्यानललाई बिजयी बनाउन उच्च स्तरिय समन्वय समिती गठन गरिएको जनाएको छ ।
महासंघले लोकतान्त्रिक प्यानलका उम्मेदवारहरुलाई बिजयी बनाउन गठन गरेको उच्चस्तरीय समितिमा सदस्यहरुमा महासंघका केन्द्रिय महासचिव भक्तराज भुसाल , कोषाध्यक्ष योगेश्वर पोख्रेल , गण्डकी प्रदेश अध्यक्ष भरतराज शर्मा , सुदुरपश्चिम अध्यक्ष गोविन्दराम परियार , युवा समिती संयोजक रामचन्द्र तिवारी र सुचना तथा प्रचार बिभाग संयोजक रोजी ढकाल पराजुली रहेका छन ।
प्रजातन्त्रवादी पक्षधर उम्मेदवार हरुलाई समन्वय गरि बिजय गराउनका लागि यो समिति गठन गरिएको संयोजक गोविन्द प्रसाद शर्माले बताए । उद्योग वाणिज्य महासंघको निर्वाचनमा लोकतान्त्रिक प्यानलका उम्मेदवारहरुलाई निर्वाचित गराउन महासंघका केन्द्रिय अध्यक्ष शर्माले उधोग प्रतिनिधि तथा पर्यबेक्षक हरुलाई अपिल गरेका छन ।

 

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...