नागरिक आवाज

कञ्चनपुर , मंसिर ९
नेपाल प्रजातान्त्रिक महासंघले सुदुर पश्चिम प्रदेश सूचना , प्रविधी तथा प्रचार बिभाग बझाङ जिल्ला समितीको संयोजकमा सिंहलाई मनोनीत गरेको छ ।
महासंघले देशभर आफ्नो संगठन बिस्तार गर्ने रणनीति अनुसार सूदुर पश्चिममा पनि गठन प्रक्रिया अगाडि बढाएको हो । महासंघले नेपाल प्रेस युनियनका बझाङ शाखाका सदस्य एवं प्रदेश पार्षद ललित सिंह ठकुरी , प्रेस युनियन बझाङ शाखाका सदस्य रुपक खड्कालाई सचीव , सदस्यहरुमा तरुणा जोशी , ध्रुव बिष्ट , प्रवेश ओखेडा र नेपाल प्रेस युनियनका सुदुरपश्चिम प्रदेश पार्षद डिबि बिष्टलाई महासंघको सूचना , प्रविधि तथा प्रचार बिभागको प्रदेश सदस्यमा आज बसेको महासंघको बैठकले मनोनयन गरि जिम्मेवारी दिएको नेपाल प्रजातान्त्रिक महासंघ कि केन्द्रिय सदस्य तथा बिभाग कि संयोजक रोजी ढकाल पराजुलीले बताइन् ।
नेपाली काँग्रेस आस्थावान नेपाल प्रजातान्त्रिक महासंघले पार्टीलाई सुदृढ पार्दै बलियो बनाउन बिभागलाई सुदूर पश्चिम प्रदेशमा सशक्त रुपमा कृयाशिल बनाउन जिल्ला शाखा गठन प्रकृया अघि बढाएको सूचना , प्रविधि तथा प्रचार बिभाग सूदुर पश्चिम प्रदेश संयोजक दीपेन्द्र बस्नेतले जनाए ।