नाागरिक आवााज

कञ्चनपुर , मंसिर १०
नेपाल प्रजातान्त्रिक महासंघको सुदुर पश्चिम प्रदेश सूचना , प्रविधी तथा प्रचार बिभाग दार्चुला जिल्ला समितीको संयोजकमा बिशनसिंह बुढाथोकीलाई जिम्मेवारी दिइएको छ ।
बुढाथोकी नेपाल प्रेस युनियनका दार्चुला शाखाका उपाध्यक्ष हुन । प्रेस युनियन दार्चुला शाखाका सचीव किरण धामीलाई सचीवमा जिम्मेवारी दिइएको महासंघ केन्द्रिय सदस्य एवं सूचना प्रविधि तथा प्रचार बिभाग संयोजक रोजी ढकाल पराजुलीले बताइन् । त्यसै गरि बिभागको दार्चुला समितिमा सदस्यहरुमा प्रकाश चन्द्र भट्ट , गणेश सिंह धामी , र लक्ष्मी खत्रीलाई महासंघको सूचना , प्रविधि तथा प्रचार बिभागले बुधबार मनोनयन गरि जिम्मेवारी दिएको केन्द्रिय संयोजक पराजुलीले बताइन ।
नेपाल प्रजातान्त्रिक महासंघले देशभर आफ्ना विभिन्न संगठनहरुलाई बिस्तार गर्ने अभियान अन्तर्गत सुदुर पश्चिम प्रदेशमा तिब्रताका साथ हरेक जिल्लामा बिभाग गठनको प्रक्रिया सुरु गरिएको महासंघको सूचना ,प्रविधी तथा प्रचार बिभागका प्रदेश संयोजक दीपेन्द्र बस्नेतले बताए ।