जुद्ध चाैधरी,
पुनर्वास, मँसिर १०
खानेपानी मन्त्री बिना मगरले समाज रूपान्तरणका लागि महिला हिंसा बिरूद्धकाे १६ दिने अभियानकाे नारालाई अात्मसाथ गर्न जरूरी रहेकाे बताउनु भएकाे छ ।
बुधबार कञ्चनपुरकाे पुनर्वास नगरपालिकाले अायाेजना गरेकाे महिला हिंसा बिरूद्धकाे १६ दिने अभियानकाे अाज उद्घाटन गर्दै मन्त्री बिना मगरले साे कुरा बताउनु भएकाे हाे । अबकाे १६ दिने अभियान सामान्य अाैपचारिक कार्यक्रममा मात्र सिमित नरहि निरन्तर अात्म साथ गरि गाउँबस्ती समाजमा रहेका बिकृतीकाे अन्त्यकाे महाअभियानमा सहभागी हुन समेत अपील गर्नु भयाे ।
लैङ्गिक हिंसाकाे नारालाई फराकिलाे घेरा निर्माण गर्दै हाम्राे रुपान्तरणका लागि अन्य विभेद सहितकाे अन्त्य गराउन नेतृत्व पँक्ती लाग्नु पर्ने बताउनु भयाे । लैङ्गिक हिंसा बिरूद्धकाे १६ दिने अभियानकाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै मन्त्री मगरले याे अभियानले समाजमा बितृष्णा , निरासा हाेईन उत्साह उमङ्ग देख्ने गरि समाज रूपान्तरण गर्नु पर्ने बताउनु भयाे।
त्यसैगरी उद्घाटन समाराेहमा बाेल्दै पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवन राज थापाले पुनर्वास नगरपालिका बाट सँधैका लागि लैङ्गिक हिंसा तथा जातिय धार्मिक बिभेदकाे अन्त्य गरिनु पर्नु बताउनु भयाे ।
उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य राख्दै उपप्रमुख शारदा बिष्टले जनताका हरेक साँझ बिहान ठाेक्किने गरि थुप्रै पिडाहरू रहेका र १६ दिन मात्रै लैङ्गिक हिंसा नहुने बताउनु भयाे । मानव भनेकाे सचेत प्राणी रहेकाले सभ्य मानवले गर्ने हर्कत मात्र मानिसले गर्नु पर्ने बताउनु भयाे साथै मानिसकाे पशु सरह जिउने चाेला नभएकाे समेत बताउनु भयाे।
कार्यक्रममा बाेल्दै नेपाली काँग्रेसका पुनर्वास नगर सभापति यम प्रसाद पाैडेलले ठुलाबडा बाटै भिबेद हुने गरेकाे बताउनु भयाे ।
कार्यक्रम युएस एड र युके एडकाे अार्थिक सहयाेगमा विनरक ईन्टरनेश्नल मार्फत निढ्स नेपाल र पुनर्वास नगरपालिकाकाे अायाेजनामा भएकाे थियाे।
