नागरिक आवाज

कञ्चनपुर , मंसिर ११
नेपाल प्रजातान्त्रिक महासंघको सुदुर पश्चिम प्रदेशको सूचना , प्रविधी तथा प्रचार बिभाग बैतडी जिल्ला समितीको संयोजकमा धनबहादुर क्षेत्रीलाई जिम्मेवारी दिइएको छ ।
क्षेत्री नेपाल प्रेस युनियनका बैतडी शाखाका कोषाध्यक्ष हुन । प्रेस युनियन बैतडी शाखाका सदस्य राजेन्द्र बिष्टलाई सचीवमा जिम्मेवारी दिइएको महासंघ केन्द्रिय सदस्य एवं सूचना प्रविधि तथा प्रचार बिभाग संयोजक रोजी ढकाल पराजुलीले बताइन् । त्यसै गरि बिभागको बैतडी समितिमा सदस्यहरुमा रेजिना टेलर , बिरमा जोशी , लक्ष्मण विक र प्रदेश समिती सदस्यमा सुरेन्द्र बहादुर महरा महासंघको सूचना , प्रविधि तथा प्रचार बिभागले बुधबार मनोनयन गरि जिम्मेवारी दिएको केन्द्रिय संयोजक पराजुलीले बताइन ।
नेपाल प्रजातान्त्रिक महासंघले देशभर आफ्ना विभिन्न संगठनहरुलाई बिस्तार गर्ने अभियान अन्तर्गत सुदुर पश्चिम प्रदेशमा तिब्रताका साथ हरेक जिल्लामा बिभाग गठनको प्रक्रिया सुरु गरिएको महासंघको सूचना , प्रविधी तथा प्रचार बिभागका प्रदेश संयोजक दीपेन्द्र बस्नेतले बताए ।