Tuesday, January 26, 2021

नेपाली काँग्रेस द्वारा कञ्चनपुरको पुनर्वासमा प्रशिक्षण

 

नागरिक आवाज
कञ्चनपुर मंसिर १२
पार्टी कार्यकर्ताहरुलाई लोकतान्त्रिक मूल्य मान्यता संगठन सुदृढीकरणका लागि नेपाली काँग्रेस कञ्चनपुरले जिल्ला ब्यापी प्रशिक्षण सुरु गरेको छ ।

मंसिर ९ गते जिल्लाको महाकाली नगरपालिकाबाट सुरु गरिएको कार्यकर्ता प्रशिक्षण कार्यक्रम आज दक्षिणी क्षेत्रको पुनर्वास नगरपालिकामा सुरु गरिएको हो ।
पार्टी कार्यकर्ताहरुलाई लोकतान्त्रिक विधि , प्रकृया र संगठन प्रभावकारी बनाउन नेपाली काँग्रेस कञ्चपुरले जिल्लाब्यापी रुपमा प्रशिक्षण कार्यक्रमको थालनी गरेको जिल्ला पार्टी सभापति हरिप्रसाद बोहराले बताए ।


यस अघि नेपाली काँग्रेस कञ्चनपुरले जिल्लाका  महाकाली नगरपालिका , भिमदत्त नगरपालिका  बेतकोट नगरपालिका  र शुक्लाफाँटा नगरपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको नेपाली काँग्रेस कञ्चनपुरले जनाएको छ ।
शुक्रबार पुनर्वासमा नेपाली काँग्रेस जिल्ला प्रशिक्षण शाखा द्वारा आयोजित प्रशिक्षण कार्यक्रममा  अधिवक्ता शिवराज पान्डेय , पार्टी पुर्व जिल्ला सचिव भोजराज बोहरा    र एन डि भट्टले कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण जिल्ला शाखाका संयोजक बन्धु रानाको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा पार्टी सभापती हरिप्रसाद बोहरा , पार्टी जिल्ला सचिव दिवाकर पाण्डेय , कोषाध्यक्ष शंकर बहादुर चन्द , नेता पदम बोगटी , नेता दुर्गादत्त बोहरा , लगायतका नेताहरुको उपस्थितिमा आयोजित कार्यक्रममा प्रशिक्षण शाखा जिल्ला सदस्य तोयप्रसाद शर्माले स्वागत गरेको कार्यक्रमको संचालन अमर जन साउँदले गरेका थिए ।

 

भर्खरै

सूचना तथा प्रचार बिभाग कञ्चनपुरका पदाधिकारीको पदस्थापन

नागरिक आवाज कञ्चनपुर , माघ ११ नेपाल प्रजातान्त्रिक महासंघ सूचना प्रविधि तथा प्रचार बिभाग कञ्चनपुर शाखाका पदाधिकारीहरुको आइतबार पदस्थापन गरिएको छ । बिभागका कञ्चनपुरका पदाधिकारीहरुलाई बधाई तथा...

संसद बिघठन हुन ओलि मात्रै होइन प्रचण्ड -माधव पनि उत्तिकै दोषी : नेता कोईराला

दीपेन्द्र बस्नेत कञ्चनपुर , माघ ११ संसद बिघठनको घटनामा ओलि मात्रै होइन प्रचण्ड - माधव पनि उत्तिकै दोषी रहेको नेपाली काँग्रेसका नेता शेखर कोईरालाले बताएका छन्...

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको : शेखर कोइराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलिको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको र ओलीको संसद विघटनको कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने...

प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको :महामन्त्री कोईराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको पुरानै चलिरहेकै योजनाको ओलीले निरन्तरता दिएको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताए...