जुद्ध चौधरी,
पुनर्वास, मँसिर १५ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको बजेटमा कञ्चनपुरको पुनर्वासमा बन्न लागेको १५ शैया अस्पतालको खानेपानी मन्त्री बिना मगरले सोमवार शिलान्यास गर्नु भएको छ ।
स्वास्थ्य मन्त्रालयको एक करोडको लगानीमा पुनर्वासको वार्ड नं. ५ त्रिभुवनबस्तीमा आज एक कार्यक्रमका बिच अस्पतालको शिलान्यास गरीएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले अस्पतालको आवश्यक्ता र यसले भबिष्यमा दिने सहजता,आम जनजिवनमा पार्ने प्रभाव , बिगतका जटिलताको अनुभुती हामी सबैले गरी सकेको बताउनु भयो ।

बिगतका अप्ठेरालाई स्मरण गर्दै मन्त्री मगरले हामी सबैको प्रयासबाट आज निकै महत्तवपूर्ण कार्यको थालनी भएको बताउनु भयो ।
सरकारले स्वास्थ्य सम्बन्धी अभियान जनताका लागी छिटो छरितो र प्रभावकारी ढँगले जनता लाभान्वित हने गरी काम गर्नु पर्ने बताउनु भयो।
अस्पतालको शिलान्यास कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले निर्वाचनका बेला घोषणा पत्रमा बाचा गरे अनुसार गाउँ गाउँमा स्वास्थ्य सेवा भन्ने अभियान पूरा भएको बताउनु भयो ।
अस्पतालको शिलान्यास कार्यक्रममा स्वागत मन्तब्य राख्दै पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा बिष्टले बर्षायाममा बिरामी पर्दा धनगढी अस्पताल जानु पर्दा निकै कष्टकर भएको र अब आफ्नै नगरमा अस्पताल बन्ने भएपछि नगरबासी खुशी भएको बताउनु भयो ।
सोमबार एकै दिन मन्त्री बिना मगरले लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिकामा १५ शैया अस्पतालको शिलान्यास गर्नु भएको छ।