नागरिक आवाज
कञ्चनपुर , पुस ९
सीमा नाकामा हुँदै आएको अपराधिक गतिविधि र राजस्व छली नियन्त्रणमा सकृयता बढाएको प्रहरीले बेलौरीमा अबैध मालसामान बरामद गरेको छ ।
बिहिवार सीमा नाकामा हुने अपराधिक गतिविधि नियन्त्रणमा गस्ती खटिएको ईलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलिले बेलौरी नगरपालिका ६ स्थित सीमावर्ती क्षेत्रबाट अबैध रुपमा नेपाल ल्याइदै गरेका चिनी सुर्ती लगायतका मालसामान बरामद गरेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल खडकाले बताए ।
बेलौरीको सीमावर्ती क्षेत्रबाट चीनी २ बोरा , सुर्ती ५३ पोका र त्रिपाल २५ केजी बरामद गरि भन्सार कार्यालय बुझाइएको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । कोरोना कहरका कारण नेपाल-भारत सीमा सिल रहेको अबस्थामा समेत कञ्चनपुरको सीमान्त दक्षिणी क्षेत्रमा तस्करी रोकिन सकिरहेको छैन ।
