नागरिक आवाज
बेलौरी , पुस ११
भारतीय बजारबाट भन्सार छली नेपाल ल्याउदै गरेको साइकलको पाटपुर्जा र चीनी बेलौरीमा प्रहरीले बरामद गरेको छ ।
राजस्व छली र चोरीपैठारी नियन्त्रणका लागि नेपाल-भारत सीमा क्षेत्र बेलौरीमा सशस्त्र प्रहरी तैनाथ गरिए पनि तस्करी नियन्त्रणमा आउन सकेको छैन ।
शनिबार दिउँसो भन्सार छलेर नेपाल ल्याउदै गरेको साइकलको रिङ , टायर र २ बोरा चिनी बेलौरी को सीमा क्षेत्रबाट बरामद गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल खड्काले बताए ।
कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल-भारत सीमा बन्द गरिएको अबस्थामा प्रहरीले गस्ती बढाउने क्रममा उक्त मालसामान बरामद गरिएको प्रहरी निरीक्षक खडकाले बताए ।
सीमा क्षेत्रमा व्यापक तस्करी बढी रहेपनी राजस्व छली नियन्त्रण र चोरीपैठारी नियन्त्रणमा सशस्त्र प्रहरीको भुमिका प्रभावकारी देखिन सकेको छैन ।
