हरिश्चन्द्र बाग,

कञ्चनपुर, १६ पुस । नेवाः देय् दबू बेलौरी नगर समितिको अध्यक्षमा अशोक श्रेष्ठ चयन हुनुभएको छ ।
योमरी पुन्हीको अवसरमा बुधबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रम तथा कार्य समितिको बैठकबाट अशोक श्रेष्ठलाई अध्यक्ष सर्वसम्मत चयन गरिएको हो । यसअघि अध्यक्ष रहनुभएका ओम प्रकाश श्रेष्ठले आफ्नो स्वास्थ्यको प्रतिकुलताका कारण निरन्तरता दिन असमर्थता देखाएपछि नयाँ अध्यक्ष चयन गरिएको र अन्य पदाधिकारी तथा सदस्यहरुमा भने पुरानै कार्यसमितिलाई निरन्तरता दिइएको सचिव सुरज श्रेष्ठले जानकारी दिनुभयो । कोभिड १९ को महामारीका कारण यसवर्ष बेलौरीमा अनौपचारिक कार्यक्रमको आयोजना गरी योमरी पुन्हीको शुभकामना आदानप्रदान समेत गरिएको छ ।