नागरिक आवाज
कञ्चनपुर , पुस १९
कञ्चनपुरको दक्षिणी सीमावर्ती बेलौरीबाट खैरो हिरोइन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार बेेेेलुुका ७ बजे खैरो हिरोईन सहित कैलालीको धनगढी उपमहानगर पालिका १ लक्ष्मीनगर बस्ने वर्ष २४ को लोकेन्द्र कठायत र टिकापुर नगरपालिका १ का वर्ष २२ का विशाल थापालाई १.८७ ग्राम खैरो हिरोईन सहित प्रहरीले पक्राउ गतेको हो ।
सीमावर्ती भारतीय बजार खजुरिया बाट खरिद गरि धनगढी तर्फ लैजान लागेका उनीहरुलाई बेलौरीको बिद्यानगरबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल खडकाले बताए ।
लागू औसध ओसारपसारमा सक्रिय रहेका उनिहरुले प्रयोग गरेको से ५ प २९०१ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक खडकाले बताए ।
सीमावर्ती क्षेत्रमा हुँन सक्ने अपराधिक गतिविधिहरु नियन्त्रणमा सकृयता बढाए पछि बेलौरी क्षेत्रमा पछिल्लो समय यता प्रहरीले थुप्रै अबैध ओसारपसार नियन्त्रणमा लिँदै आएको छ ।
