Sunday, January 24, 2021

कञ्चनपुरको लालझाडीमा नेकपा परित्याग गरि ३५ जना काँग्रेस प्रवेश

 

कञ्चनपुर , पुस २०
कञ्चनपुरको लालझाडी गाउँ पालिकामा नेकपा परित्याग गरि ३५ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
लालझाडीमा सोमबार आयोजित नेपाली काँग्रेसको कार्यक्रममा नेता दिवान बिष्टले नेकपाका स्थानीय नेता कार्यकर्तालाई काँग्रेसमा भित्र्याएका हुन ।
सोमबार नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा लालझाडी गाउँ पालिका सदस्य विशाल चौधरीको नेतृत्वमा ३५ जना नेकपाका कार्यकर्ताहरुले नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नव प्रवेश गर्ने विशाल चौधरी सहितका नेकपा कार्यकर्ताहरुलाई नेपाली काँग्रेसका नेता तथा पुर्व साँसद दिवानसिंह बिस्टले टीका तथा खादाले स्वागत गर्दै प्रवेश गराएका हुन् ।
सोमबार नेकपा परित्याग गरि नेपाली काँग्रेस प्रवेश गर्ने चौधरी शुक्लाफाँटा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष समेत रहेका छन् ।
सोमबार लालझाडीमा आयोजित नेपाली काँग्रेसको कार्यक्रममा काँग्रेस नेता हरेन्द्रसिंह बिष्ट , गोपाल गुरुङ , जनक सिंह धामी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

भर्खरै

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको : शेखर कोइराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलिको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको र ओलीको संसद विघटनको कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने...

प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको :महामन्त्री कोईराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको पुरानै चलिरहेकै योजनाको ओलीले निरन्तरता दिएको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताए...

काँग्रेस नेता कोइराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउदै

नागरिक आवाज कञ्चनपुर , माघ ८ नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं चर्चित नेता डाक्टर शेखर कोईराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउने भएका छन् । प्रधानमन्त्री मन्त्री...

दुई तिहाई बहुमत दिने जनताको त्यो गुन बिर्सने कम्युनिस्ट लाल गद्दार हुन : काँग्रेस नेता बिष्ट

  कञ्चनपुर माघ ८ जनताले बिश्वास गरि प्रचण्ड बहुमत दिएर नेकपालाई सरकारमा पठाएको जनताको त्यो गुन बिर्सने यि कम्युनिस्ट लाल गद्दार हुन नेपाली काँग्रेस कञ्चनपुरका नेता...