Sunday, January 24, 2021

खैरो हिरोईन सहित युवक पक्राउ

नागरिक आवाज
कञ्चनपुर , पुस २१
जिल्लाको दक्षिण सीमान्त बेलौरीबाट खैरो हिरोईन र नगद सहित एक जना युवकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
६३ ग्राम लागू औषध खैरो हिरोईन र ७८ हजार ४८० रुपैया नगद सहित बेलौरी नगरपालिका १० का ३६ वर्षिय बलबहादुर चन्दलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल खडकाले बताए ।
प्रहरी निरीक्षक खडकाको नेतृत्वमा खटिएको संघिय इकाई कार्यालयको लागू औषध नियन्त्रण सेल र ईलाका प्रहरी कार्यालय बेलौरीको संयुक्त टोलिले बेलौरी बजारबाट चन्दलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
लागू औषध ओसारपसार भइ रहेको बिशेष सुचनाका आधारमा शंका लागेर तलासी लिँदा खैरो हिरोईन बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चन्दलाई लागू औषध खैरो हिरोईन शिर्षकमा मुद्दा दर्ता गरि कारवाही बढाइएको प्रहरी निरीक्षक खडकाले बताए ।

भर्खरै

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको : शेखर कोइराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलिको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको र ओलीको संसद विघटनको कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने...

प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको :महामन्त्री कोईराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको पुरानै चलिरहेकै योजनाको ओलीले निरन्तरता दिएको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताए...

काँग्रेस नेता कोइराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउदै

नागरिक आवाज कञ्चनपुर , माघ ८ नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं चर्चित नेता डाक्टर शेखर कोईराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउने भएका छन् । प्रधानमन्त्री मन्त्री...

दुई तिहाई बहुमत दिने जनताको त्यो गुन बिर्सने कम्युनिस्ट लाल गद्दार हुन : काँग्रेस नेता बिष्ट

  कञ्चनपुर माघ ८ जनताले बिश्वास गरि प्रचण्ड बहुमत दिएर नेकपालाई सरकारमा पठाएको जनताको त्यो गुन बिर्सने यि कम्युनिस्ट लाल गद्दार हुन नेपाली काँग्रेस कञ्चनपुरका नेता...