नागरिक संवाददाता
पुनर्वास, पुस २२
संसद विघटनको बिरोधमा आन्दोलनलाई सशक्त बनाउन नेपाली काँग्रेस कञ्चनपुरले पुनर्वास २ मा अाज वडा भेला सम्पन्न गरेकाे छ।
नेपाली काँग्रेस नेता तथा पुर्व साँसद दिवान सिँह बिष्टकाे प्रमुख अातिथ्यमा सम्पन्न भेलाले दाउत तामाङ्गकाे सँयाेजकत्वमा बिराेध सभा गर्ने निर्णय गरेकाे छ ।
प्रधानमन्त्री केपी अाेलीकाे संसद बिघठनको असंवैधानिक कदम बिरूद्ध पुस २५ गते शनिवार पुनर्वास नगरपालिका ११ स्थित डाेके बजारमा बिराेध सभा गर्ने निर्णय भएकाे नेपाली काँग्रेसका पुनर्वास नगर सभापति यम प्रसाद पाैडेलले बताए ।
भेलामा जिल्ला सदस्य गाेपाल गुरूङ्ग, प्रकाश राज पन्त, पुनर्वास नगरपालिका मेयर उम्मेदवार ताेय प्रसाद शर्मा, जिल्ला उपसभापति बन्धु राना लगायतकाे उपस्थिति रहेकाे थियाे ।
