धनगढी , पुस २४
प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा बसेर ‘हामी यहाँ छौ’ भनेका प्रचण्ड-माधव समुहलाई सभ्यता नभएको आरोप लगाएका छन् ।
नेकपा ओली समुहले शुक्रबार धनगढीमा आयोजित सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डमाधव समुहलाई ब्यंग्य गर्दै भने- ‘बाटोमा बसेर हामी यहाँ छौ लेखेको व्यानर टास्ने, पार्टीको बैठकमा नआउने, सभ्यता नभएकाहरु ब्यंग्य गर्दै बताए ।

नेकपा ओलि पक्षले आज धनगढीमा आयोजित सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेपालका कार्यकर्ता गाली गलौज गरेर हिँडन मात्रै जानेको आरोप लगाए ।
शुक्रवार धनगढीमा सम्बोधन सुरु गरेका प्रधानमन्त्री ओलीले भाषणको सुरुमा सुदूरपश्चिमको प्राकृतिक स्रोतको चर्चा गरेका थिए। सुदूरसँगै नेपाल पनि पछि परेको उनले बताए।
सुदूरलाई पछि पार्ने तागत कसैको नहुने बताए । ‘यहाँका मान्छे रोजगारीका लागि भारत गएका छन्। नेपालीको रगत पसिनाले धेरै देश बनेको छन् ।
यहाँको अशिक्षा र गरिबीको समस्या स्वास्थ्य र रोजगारीका समस्या हुन् , सुकुमबासीका र सिँचाइका समस्या पनि यहाँ छन् यो मैले बुझेको छु,’ प्रधानमन्त्री ओलिले भने ।
कञ्चनपुरको दोधारा चाँदनीका लागि महाकाली नदीबाट पानी छाड्ने योजना भारतसँग गरेको सुनाउँदै सिँचाइको समस्या समाधान हुने बताए ।
त्यस्तै पञ्चेश्वर परियोजना पनि अघि बढाइने उनले बताए। गेटा मेडिकल कलेज र मेडिकल कलेज विश्वविद्यालयको काम बढाइएको उनले बताए। धनगढी बिमानस्थलबाट राति उडान भर्न सक्ने गरी व्यवस्था गर्न आफू लाग्ने बताए। गौरीफन्टा नाका व्यवस्थापन गर्न भारतसँग वार्ता गरिने र त्यस सम्बन्धमा ध्यान दिइने उनले बताए ।
ताक्लाकोटको नाकाको काम बढाइने प्रधानमन्त्री ओलीले बताए। ‘सुक्खा बन्दरगाह र सिँचाइको मैले कुरा गरें। महाकालीमा पुल बनिसकेको छ। दार्चुला र बैतडीमा झोलुंगे पु्ल बन्दै गरेको छ ।
माधव प्रचण्ड पक्षलाई लक्षित गर्दै प्रधान मन्त्री ओलीले पार्टी छाडेर हिँडेका केही भगौडाहरुको कुरा नसुन्न उनले आग्रह गरे।
उनिहरु गाली गलौजमा हिँडे पनि आफूहरु देश विकासमा लागिपरेको उनले बताए ।
प्रधानमन्त्री ओलिले प्रचण्ड–नेपाल पक्षप्रति लक्षित गर्दै भने “केन्द्रीय कमिटीको बैठकका बेला बाटामा गएर हामी यहाँ छौँ रे, कहाँ गए भनेको त उहाँहरुका समर्थक भनिएका, कार्यकर्ता, नेता भनिएका मान्छेहरु हामीलाई गालीगलौज गरेर हिँडेका छन् ।
रोजगारी खोज्न खाडी, पन्जाब र उत्तराखण्ड हैन नेपालमै बनाउने ध्याउन्न आफूहरुको भएको बताए ।
कहिल्यै एकमत नभएको संसद लिम्पियाधुरा, कालापानी लगायत भूमि, त्यसलाई समेटेर नक्सा जारी गर्दा एक भएको भन्दै उनले त्यो कामबाट केहीलाई छटपटी भएको प्रधानमन्त्री ओलीले बताए ।
नेपालको भूमि समेटेर नक्सा ल्याउँदा यही प्रदेशको मान्छेलाई टाउको दुखेको प्रधानमन्त्री ओलिले बताए ।